अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 23:22

नेपाल आइडलका निशान भट्टराईको पहिलो गीत ‘आफ्नै छायाँसँग पनि’को भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ ६ गते २३:४१ मा प्रकाशित
लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत बाहिरीएको छ । नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो बाहिरीएको हो ।
नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान ‘आफ्नै छायाँसँग पनि’ बोलको गीतमार्फत निशानको कला र गला पहिलो पटक देखिएको हो । उनको नयाँ गीतको पर्खाइमा रहेका करोडौँ फ्यानका लागि निशानको गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको भिडियो निर्देशक युवराज वाइबाले जानकारी दिएका छन् । वाइबा अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक हुन् । भिडियोमा उनले निशानसहित नायिका जेबिका कार्की र अनिल थापालाई फिचर गरेका छन् । प्रदिप चापागाईँको शब्द रहेको गीतमा आनन्द राईको शब्द र निशान भट्टराईको स्वर छ । गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू