अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३ | Colorodo: 02:08

सिटिजन्स बैंकद्वारा महोत्तरीमा ४२६ थान कम्बल वितरण

बिआरटीनेपाल २०७४ माघ ५ गते १:३८ मा प्रकाशित

“योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चिसोका कारण जनजिवन प्रभावित हुदेै गएपछी महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा वसोवास गर्ने मुसहर जातीका विप्पन निसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।

दैनिक ज्यालादारी गरेर जिवीकोपार्जन गर्दै आएकाहरु जो न्यानो कपडाको अभावले जाडोमा , दुःख भोग्दै बसेकाहरुलाई सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गौशाला र औरहीमा कम्बल वितरण गरिएको छ । जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थितिमा गौशाला नगरपालिकामा २२४ थान र औरही नगरपालिकामा २०२ थान गरी जम्मा ४२६ थान कम्बल वितरण गरिएको छ ।

गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने ( मुसहर , असक्त , असहाय , बिधवा ,साधु ,सन्त ) हरुलाई कम्बल वितरण गरिएको छ । उक्त हस्तान्तरण बैंकको संचालक समितिको सदस्य डा चन्दा कार्कीले गर्नु भएको छ । उक्त हस्तान्तरण समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ , गौशाला नगरपालिकामा वडा नं ५ का प्रमुख धर्बेन्द्र साह ,वडा नं ४ का वडा प्रमुख रामबाबु साह र औरही नगरपालिका वडा नं १ का प्रमुख राज किशोर चौधरी र वडा नं २ का प्रमुख बिनोद पजियारको उपस्थिति रहेको थियो ।

कसैको आँखा न पुगेको मुसहर बस्तीमा बैंकले कम्बल वितरण गर्दा त्यहाँका स्थानीय बासिन्दाहरुले खुशियाली व्यक्त गरेका छन् । बैंकले देखाएको यस अग्रसरताले अत्यन्तै पिछडिएको मानिने मुसहर बस्तीमा न्यानोपन ल्याउन कोशेढुंगा साबित हुने कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता श्री गणेश राज पोखरेलले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू