अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

हेइटीलाई टेम्पोरेरी भिसामा रोकिने

बिआरटीनेपाल २०७४ माघ ४ गते १४:३७ मा प्रकाशित

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले हेइटीलाई दिँदै आएको टेम्पोरेरी एग्रिकल्चरल र सिजनल भिसा रोक्ने भएएको छ । ट्रम्प प्रशासनले हेइटी आप्रवासी र वैधानिक आप्रवासीका सम्बन्धमा भएको खुकुलो व्यवस्थाका बारेमा चासो लिइरहँदा होमल्याण्ड सेक्युरिटीले यस्तो कदम चाल्ने निर्णय गरेको हो । फेडेरल रजिस्ट्रारमा बिहीबार प्रकाशित सूचनामा एच–२ए एग्रिकल्चरल र एच–२बी नन– एग्रिकल्चरल टेम्पोरेरी परमिट भिसा पाउने सूचीमा हेइटीको नाम उल्लेख छैन ।

करिब ८० देश अमेरिकी सरकारको उक्त टेम्पोरेरी वर्कर प्रोग्राम्सका लागि योग्य छ । योग्य देशको सूची सरकारले हरेक वर्ष प्रकाशित गर्छ । सूचीबाट कुनै पनि देशलाई हटाउनु स्वाभाविक होइन । सूचीबाट हेइटीका अतिरिक्त बलिज र समोवाको नाम पनि हटाइएको छ ।

ट्रम्प प्रशासनले हेइटीकै टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) अन्त्य गर्ने निर्णय गरेको बेला त्यही देशलाई उक्त सूचीबाट हटाउने कदममाथि प्रश्न उब्जिन सक्छ । सन् २०१० मा विनाशकारी भूकम्प गएपछि अमेरिकाले हेइटीलाई टिपिएस प्रदान गरेको थियो । त्यसअन्तर्गत हेइटीका ६० हजार मानिस अमेरिकामा बसिरहेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी आप्रवासीका सम्बन्धमा तल्लो स्तरको अभिव्यक्ति दिएको अर्को साता होमल्याण्ड सेक्युरिटीले हेइटीलाई टेम्पोरेरी वर्कर प्रोग्राम्सको सूचीबाट हटाएको हो ।

होमल्याण्ड सेक्युरिटी (डिएचएस) ले हरेक देशका सम्बन्धमा भएको निर्णयको कारण उल्लेख गरेको छ । डिएचएसले बलिजलाई सूचीबाट हटाउनुको कारण मानव तस्करी रोक्ने मापदण्ड पुरा नगरेको र त्यसका लागि पहल समेत नगरेको उल्लेख गरेको छ । अमेरिकाबाट फर्काइएको आफ्ना नागरिक फिर्ता लिन अस्वीकार गरेको कारण देखाउँदै समोवालाई सूचीबाट हटाइएको डिएसएसले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

हेइटीलाई हटाउनको कारणबारे ‘उच्च अस्वीकृति दर’ र ‘उच्च तहको जालसाझी, शोषण र ओभरस्टे’ उल्लेख गरिएको छ । तर, सूचनामा तथ्यांकगत प्रमाण समोवश गरिएको छैन । हेइटीका मानिस ओभरस्टे गर्ने दर उच्च छ । अस्थायी कामदारका रूपमा सन् २०१६ मा आएका १ हजार ५ सय हेइटीमध्ये ३९ प्रतिशत ओभरस्टे गरेको अनुमान छ ।

एच– २ भिसामा आउने हेइटीको यो ओभरस्टे दर अरूभन्दा उच्च हो । सो समयमा ग्वाटेमालाको ओभरस्टे दर २८ प्रतिशत, फिलिपिन्सको २९ प्रतिशत, इथियोपियाको २० प्रतिशत र पपुवा न्यु गिनीको २० प्रतिशत थियो ।

सेन्टर फर ग्लोबल डेभलपमेन्टमा इकोनोमिक्स अफ माइग्रेसनका सिनियर फेलो माइकल क्लेमेन्स टिपिएसका अतिरिक्त हेइटीका लागि अमेरिका वैधानिक रूपमा प्रवेश गर्ने एक मात्र विकल्प एच –२ भिसा भएको बताउँछन् । उनका अनुसार हेइटीलाई सूचीबाट हटाउँदा अवैधानिक आप्रवासन बढ्न सक्छ । सेन्टर विश्वमा गरिबी घटाउन लविङ गर्ने संस्था हो ।

क्लेमेन्स आफ्नो अनुसन्धानलाई उल्लेख गर्दै टेम्पोरेरी वर्करका रूपमा आएका हरेक हेइटीले अमेरिकी अर्थतन्त्रमा मासिक ४ हजार डलर र हेइटीको अर्थतन्त्रमा मासिक ३ हजार डलरको योगदान पु¥याइरहेको अनुमान गर्छन् । सीएनएन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू