अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८ | Colorodo: 04:03

अनुप्रस्थ व्याण्डको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ ४ गते ५:१५ मा प्रकाशित

व्याण्ड अनुप्रस्थको दोस्रो एल्बममा रहेको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक भएको छ । एल्बम ‘ह्वाट टु डु काठमाडौं ?’मा समेटिएको गीतमा सुमनलाल श्रेष्ठको शब्द र सुमनलाल तथा निरनको संगीत छ ।

गीतको भिडियोमा व्याण्डका लिड गायक निरन शाही फिचरिङ छन् । व्याण्डका कलाकारहरुले समेत फिचरिङ गरेको भिडियोमा जितेन्द्र श्रेष्ठको सम्पादन, निरज श्रेष्ठ र विजय कोजुको छायांकन तथा सोनाम छिरिङ लामाको निर्देशन छ ।

सात वर्ष अघिमात्र व्याण्डको पहिलो एल्बम ‘अनुप्रस्थ’ बजारमा आएको थियो । एल्बममा सात गीत छन् । अनुप्रस्थ झण्डै दशकदेखि नेपाली फोकरक संगीतमा सक्रिय छ । यो व्याण्ड सन् २००८ मा भएको ‘स्प्राइट बेण्ड च्यालेन्ज’ नामक टेलिभिजन रियालिटी शोबाट चर्चामा आएको थियो ।

व्याण्डका गायक निरनले अद्वितियको अर्थ नयाँ वा अन्य भन्दा फरक भन्ने रहेकाले यही नाम राखिएको बताए । गीतको शब्दले एउटा मानिससँगको सम्बन्धलाई अर्को मानिस आएर विस्थापन गर्न नसक्ने कुरा उल्लेख गरेको छ ।

व्याण्डले ‘दिन’, ‘सुख र दुःख’, ‘गफ’ र ‘उज्यालो’ नामक म्युजिक भिडियो यसअघि नै बजारमा ल्याईसकेको छ । व्याण्डमा नरेनसहित जिमी शाही, गोविन सुनुवार र विवेक तामाङ सदस्य छन् ।

https://www.youtube.com/watch?v=tvxs6SCI-_Y

प्रतिक्रिया