अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

यौन मनोविज्ञानमाथि बनेको चलचित्र ‘मिस्टर भर्जिन’को छायांकन सकियो

बिआरटीनेपाल २०७४ माघ ४ गते ४:४८ मा प्रकाशित

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’को छायांकन सकिएको छ । नायक गौरव पहारी र नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको आइटम गीतसंगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो । चलचित्रको सम्पुर्ण छायांकन सम्पन्न हुदासम्म १ करोडको लगानी भइसकेको निर्माण पक्षले जनाएको छ ।

विशारद बस्नेत निर्देशीत ‘मिस्टर भर्जिन’मा गौरब पहारी, बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहेको छ ।चलचित्रलाई मिलन डी. काप्रीले सम्पादन गर्दैछन् भने चलचित्रको टेक्निकल सुपरभाइजरका रुपमा दशरथ गिरी रहेका छन् । वल्र्डवाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा बनेको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् । चलचित्र निर्माण टीमले २०७५ सालको बैशाखको अन्तिम सातामा चलचित्रको प्रर्दशनमा ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया