अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 16:28

कोलोराडोमा सामुदायिक परामर्श बैठक सम्पन्न

अप्रिल २० देखि २२, २०१८ मा कोलोराडोमा दोस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मलेन

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ माघ ४ गते ११:४१ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा गत शनिबार सामुदायिक परामर्श बैठक सम्पन्न भएको छ । दोस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन कोलोराडोमा सम्पन्न गर्न हालै कोलोराडोमा सामुदायिक परामर्श बैठक सम्पन्न भएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुंगेलको अध्यक्षतामा सम्पन्न सो बैठकमा कोलोराडो स्थित बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, पूर्व अध्यक्षहरु, अनेसास कोलोराडो च्याप्टरका पदाधिकारीहरु, बुद्दिजिबिहरु, अनेसासका आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही अप्रिल २० देखि २२, २०१८ मा कोलोराडोमा दोस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मलेन आयोजना गर्ने निर्णय गरेको छ । 

बैठकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले कार्यक्रमको उद्देश्य र महत्वका बारेमा प्रकाश पार्नुभएको थियो भने अनेसास बोर्ड अफ ट्रष्टीका सदस्य तथा बुद्दिजिबि डा. विजयराज शर्मा, रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका पूर्व अध्यक्ष शरद आचार्य, नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, शंखुवासभा समाज अमेरिकाका अध्यक्ष शान्ति श्रेष्ठ, नायक नवराज श्रेष्ठ, रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका महासचिव टिका पौडेल, किरात राइ सोसाइटीका भिम राइ, नेपाली घरका उपाध्यक्ष नाती बाबु भट्ट, तमुधि कोलोराडोका भुवन गुरुङ, समाज सेवी दिपक बस्नेत, हरि अधिकारी, गंगा चौलागाई, मोहन मिश्र, बिष्णु बस्नेत साहित्यकार प्रमिला शर्मा, अनेसास कोलोराडो च्याप्टरका महासचिव श्याम श्रेष्ठ, सदस्य यशोदा भट्ट, हिमालयन लायन्स क्लब लंगमन्टका अध्यक्ष प्रमोद श्रेष्ठ, नेवा ख:ल कोलोराडोका अध्यक्ष प्रेम श्रेष्ठ, शंखुवासभा समाज अमेरिकाका महासचिव हरि कुमार श्रेष्ठ, ब्लड डोनर्स अमेरिकाका भूषणलाल श्रेष्ठ आदिले कार्यक्रम आयोजना गर्न बान्छनीय रहेको र कार्यक्रम सम्पन्न गर्न आफ्नो व्यक्तिगत र संस्थागतरुपमा सहयोग गर्ने बचन प्रकट गर्नु भएको थियो ।

कार्यक्रमको अन्तमा अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण मुरारी ढुंगेलले सबैको सहयोगमा सो कार्यक्रम कोलोराडोमा आयोजना गरिने जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया