अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

अमेरिकीले विवाहमा कति खर्च गर्छन् ?

बिआरटीनेपाल २०७४ माघ ३ गते २३:१४ मा प्रकाशित

द नट (The Knot) को विवरण अनुसार अमेरिकीहरूको औसत विवाह खर्च सन् २०१६ मा $३५,३२९ अमेरिकी डलर थियो । तर, विवाह खर्च बढ्दो छ । विवाहमा आउने पाउनाको सङ्ख्या घट्दो छ । नटले मङ्गलवार सार्वजनिक गरेको वेडिङ ट्रेन्ड रिपोर्टले यस्तै देखाउँछ ।

द नटकी प्रधान सम्पादक क्रिस्टेन म्याक्वेल कुपर युवा युवती आफ्नो विवाह यादगार बनाउन इच्छुक हुन्छन् । उनीहरू त्यसका लागि दसौँ हजार डलर खर्चिन्छन् । ‘ज्यादै महँगो भए पनि जीवनको यो पाटोमा मानिसहरूले खर्च गर्न छाडेका छैनन्,’ उनी भन्छिन्, ‘तर, पाहुनाको सङ्ख्या भने घट्दो छ ।’ उनका अनुसार युवा युवती विवाहलाई यादगार बनाउन केही फरक गर्न चाहन्छन् । त्यही भएर उनीहरू खर्च गर्न पछि पर्दैनन् । र, जीवनमा एक पटक हुने विवाहमा युवा युवतीले खर्च गर्ने क्रमले निरन्तरता पाउने सम्भावना जीवित छ । ‘विवाहमा हुने खर्चमा परिवर्तन देखिएको छैन,’ म्याक्सवेल कुपर भन्छिन्, ‘आर्थिक मन्दी भयो भने खर्च घट्ला । तर, युवा युवतीले घर किन्न विवाह खर्चमा कटौती गर्लान् भन्नेमा मलाई शङ्का छ ।’

म्याक्सवेलका अनुसार युवा युवतीहरू आफ्नो विवाहको तारिफ सुन्न चाहन्छन् । मानिसको मुखबाट ‘वाह !’ निकाल्न उनीहरू विवाहमा विभिन्न प्रयोग गर्छन् । त्यसका लागि कल्पनै नगरिएको ब्याण्ड, मनोरञ्जन, भेन्यु आदिमा उनीहरूको विशेष रुचि हुन्छ ।

त्यस्तै खानपिनमा उनीहरू प्रयोग गर्छन् । विवाहमा नयाँ प्रयोग गर्ने युवा युवतीहरू खाना ‘सिग्नेचर इट्स’ बनोस भन्ने चाहन्छन् । त्यसका लागि उनीहरू आम खाना रोज्दैनन् । कतिपयको विवाहमा त सेफहरु पाहुनाकै इच्छा अनुसार उनीहरूकै अगाडि खाना पकाइरहेका हुन्छन् । यसले पाहुनालाई स्वादिलो खानामात्र उपलब्ध हुँदैन, उनीहरूका लागि विवाह नौलो अनुभव पनि बन्छ ।

फोटो: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू