अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

को हुन् तिलक पौडेल ? कहाँबाट आए हास्य क्षेत्रमा ?

बिआरटीनेपाल २०७४ माघ ३ गते २१:५१ मा प्रकाशित

हास्यकलाकारिता गीत संगीतको कुरा गर्ने बित्तिकै हामी मानवजातीलाई अर्कै अनुभवको अनुभुती हुन्छ । अझ हाँस्य (कमेडी) नित्य, गीत संगीत मन नपराउने व्यक्ति हुन्छ की हुँदैन ? यो एउटा प्रश्नको कुरा मनले उत्पन्न गराउँदछ । मनोरनञ्जनको मुख्य स्रोतको रुपमा हाँस्य (कमेडी) नित्य गीत र संगीतलाई लिने गरिन्छ ।

यो शताब्दीको संघारमा हाँस्य गीत संगीतको ठूलो भूमीका र पहुच रहेको पाइन्छ । जीवनको डौडानमा आज हाँस्यकलाकारिता गीत संगीतको दुनियामा रम्ने हरेक आत्मीय मनहरुमा नेपाली हाँस्य (कमेडी) गीत संगीत क्षेत्रमा उदाउदो क्रममा रहेका बागलुङका तिलक पौडेल(प्रशाद)को बारेमा मलाई केही कुरा लेख्न मन लाग्यो ।

यो लेखको चित्रमा कैद भएका ब्यत्ती हुुन तिलक पौडेल । उनको जन्म बागलुङ जिल्लाको साबिकको छिस्ती गाबिसमा भएको हो । उनि आँफ्नो बिद्यालय जीवनबाटनै कमेडि गर्न रुचाउने ब्यत्तीको रुपमा चिनिने गर्दथे । २÷४ जना साथीभाई जम्मा भएको ठाँउ होस या कुनै ईस्टेज कार्यक्रमनै किन नहोस उनको प्रस्तुती अल्लि भिन्दै देख्न सकिन्थ्योे । समय निष्ठूरी अनी बलवान छ तर यसको महत्व पनि उत्तिकै बढी छ ।

हाल सम्म पौडेल आधा दर्जन भन्दा बडि ईस्टेजमा गएर आँफ्नो प्रस्तुती दिई सकेका छन । “पौडेल भन्छन, म आँफुमा त्यस्तो कला छ जस्तो त लाग्दैन तर मान्छेलाई हँसाउन मलाई औधी मन पर्ने गर्छ। ” उनको पहिलो ईस्टेज बुटवलको एक मेलाम रहयो त्यो मेलामा उनले धेरै दर्शकलाई हसाँय, लागेको थिएन उनलाई आँफुले हजारौ दर्शकलाई हसाँउ छु भन्ने तर उनको प्रस्तुतीमा ओनस मोर आउन थालो तब उनि हौसिए उनले ईस्टेजबाटनै धेरै कलाकारको क्यारिकेचरको गर्दै करिब ३० मिनेट सम्म ईस्टेजलाई होल गरे । पौडेलले अहिले आँफ्नो त्यपल सम्झदा ,“ मलाई लागेको थिएन मेरो समय ३० मिनेट बित्यो भनेर तर आयोजकले मलाई समय छोटउन आग्रह गर्दै थिए उता मेरो प्रस्तुतीको माझमा दर्शक रमाएको देख्दा मलाई लागथ्यो मेरो पहिलो प्रस्तुतीलाई कसरि यति धेरै मन पराए म आँफै छक्क परे, पौडेलको भनाई ।

बागलुङमा जन्मेका पौडेल हिजो आज चितवनमा बस्दै आएका छन । पौडेल चितपवन आएको केहि करिब १ महिना न बित्दै धेरै दर्शकको मनमा बस्न सफल भएको “श्रीमान् बीरबहादूर”मा पनि सामान्य हवलदारको रुपमा देखिएका थिए । पौडेलले गरेको हवलदारको रोल समेत धेरै दर्शकले मन पराएका थिए । पौडेलले बिशेष गरेर आँफ्नो प्रस्तुती दिदाँ हास्य क्षेत्रमा मौलिपनलाई ल्याउन बढि रुचाउछन । पौडेलले अरुको क्यारि केचर भन्दा पनि आँफ्नै मौलिकपनलाई हास्यमा छिराएर मनोरञ्जन दिने गर्दछन । पौडेल अब बिस्तारै आफ्नो जिवनलाई हाँस्य क्षेत्रमा धकेल्ने योजना भएको प्रतिक्रिया समेत दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू