अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 03:37

न्युयोर्कको प्रतिष्ठित फिल्म फेस्टिभलमा दुई नेपालीे फिल्ममेकरको फिल्म छनौट

न्युयोर्क २०७४ माघ ३ गते ४:०५ मा प्रकाशित

पछिल्लो समय अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा नेपाली फिल्ममेकरहरुले पनि दरिलो उपस्थिती देखाउन थालेका छन् । यसैबीच न्यूयोर्ककै प्रतिष्ठित क्विन्स वल्र्ड फिल्म फेस्टिभलको ८ औं संस्करणमा दुई नेपाली फिल्ममेकरहरुको फिल्म पर्न सफल भएको छ ।

विगत केहि समयदेखि न्युयोर्क सहरमा बसेर त्यहि पत्रकारिता गरिरहेका अनुज थापाले बनाएको वृत्तचित्र “फाइटिग फर जस्टिस ” अर्थात “ न्यायको लागि लडाई ” डकृमेन्ट्री विधामा छनौट भएको हो । उक्त वृत्तचित्रमा पत्रकार थापाले पछिल्लो समय अमेरिकामा विशेषगरी मुसलमान समुदाय विरुद्ध बढिरहेको घृणालाई उतारेका छन् । १० मिनेट लामो वृत्तचित्रमा १ वर्षअघि न्युयोर्क शहरमै एक मुसलमान धर्मगुरु र उनका साथीको दिनदहाडै हत्या गरिएको विषयको उठान गरिएको छ । वृत्तचित्रमा उक्त परिवारले न्यायका लागि गरिरहेको संघर्ष देखाइएको छ ।

त्यस्तै, नेरेटिभ विधामा निर्देशक रोशन विक्रम ठकुरीको छोटो चलचित्र “ सिल्भर ब्याङ्गल्स ” अर्थात “ चांदीको चुराहरु ” छनौट भएको छ । सशस्त्र द्धन्दका बेला एक महिलाले आफ्नो वैवाहिक जीवन बचाउने प्रयासलाई पर्दामा उतारिएको छ ।

फिल्म महोत्वसमा विभिन्न विधाहरुका लागि ६५० चलचित्रहरुको आवेदन परेकामा १८० वटा छनौटमा पर्न सफल भएको हो । ती फिल्महरुको प्रदर्शनी यहि मार्च १५ देखि २५ तारिखसम्म न्युयोर्क शहको क्विन्समा हुदैंछ ।

यसअघि सन् २०१६ को संस्करणमा नेपाली चलचित्र डाईन क्यान्डल फिल्मका सिनेमाटाोग्राफर रविन आचार्यले बेस्ट सिनेमाटोग्राफरको पुरस्कार पाएका थिए ।

 

प्रतिक्रिया