अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९ | Colorodo: 17:24

MS ग्रुपका अध्यक्ष शिव कुमार अग्रवाल ‘इन्द्र भक्त मेमोरियल अवार्ड’बाट सम्मानीत

बिआरटीनेपाल २०७४ माघ २ गते ६:२० मा प्रकाशित

नेपालको बाणिज्य तथा उद्योग क्षेत्रमा नेपालको बाणिज्य तथा उद्योग क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै   MS  (एमएस) ग्रुपका अध्यक्ष शिव कुमार अग्रवाललाई नेपाल चेम्बर अफ कमर्शले ‘इन्द्र भक्त मेमोरियल अवार्ड २०७४’ बाट सम्मानीत गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्शको हालै सम्पन्न ६७ औँ वार्षिक समारोहमा सम्मानीय उपराष्ट्रपति नन्द बहादुर पुनले एक समारोहकाबीच अग्रवाललाई उक्त सम्मान गरेको हो ।

७२ वर्षीय अग्रवाल नेपालको उद्योग बािणज्य क्षेत्रमा सफल उद्योगीका रुपमा गनिन्छन् । उहाँको भगवती स्टील, रिलायन्स स्पिनिङ्ग मिल्स, एभरेष्ट सुगर मिल्स, सनराइज डेभलपर्स, म्यारिएट होटलसलगायत एक दर्जनभन्दा बढी उद्योग\व्यवसाय सञ्चालनमा आइरहेका छन् । सो ग्रुपले हाल आठ हजारभन्दा बढीलाई रोजगारी दिइरहेको छ ।

यी उद्योगहरुमा उनका छोरा शशी\सुमित र नाति गौवर\उमङ्गले हेर्दै आइरहेका छन् । स्वर्गीय इन्द्र भक्त नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू