अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

विराटनगरलाई अविलम्ब राजधानी घोषणा गर्नुपर्ने माग

बिआरटीनेपाल २०७४ माघ २ गते ३:०१ मा प्रकाशित

राजवंशी समाज उत्थान समिति (विराट)ले विराटनगरमा सम्पूर्ण पूर्वाधार भएकाले यसलाई अविलम्ब राजधानी घोषणा गर्नुपर्ने माग गरेका छन् ।

उत्थान समिति केन्द्रीय कार्यसमितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा परापूर्वकालदेखि यस क्षेत्रमा बसिरहेका विराट राजवंशीले १ नं प्रदेशको नाम विराट प्रदेश हुनुपर्ने विगतदेखि नै माग गरिरहेकामा अहिले घोषणा गर्न सम्पूर्ण राजनीतिक दलसँग आग्रह गर्नुभयो ।

अध्यक्ष राजवंशीले विराट राजवंशी समुदायलाई आदिवासी जनजाति सूचीमा सूचीतकृत गर्न पनि माग गर्नुभयो ।
यसैगरी समितिका मोरङ अध्यक्ष प्रदीपकुमार विश्वास राजवंशीले आफूहरुले उठाएका माग पूरा नभएमा आन्दोलन गरिने चेतावनी दिनुभयो । विरानगर महानगरपालिका र आसपासका गाउँपालिकामा विराट राजवंशीको करिब ५५ हजार जनसंख्या छ ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू