अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 00:35

२८औँ राष्ट्रिय च्याम्पियनसिप फुटबल मंगलबारदेखि

बिआरटीनेपाल २०७४ माघ १ गते १२:२७ मा प्रकाशित

तुलसीपुर, दाङ, अठ्ठाइसौँ राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलबारदेखि तुलसीपुरको अरनिको मैदान र घोराहीको भरतपुर खेल मैदानमा हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यही माघ ६ गतेसम्म हुने प्रतियोगिताको अरनिको मैदानमा उद्घाटन गरिने फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले बताउनुभयो । प्रतियोगिताको उद्घाटनअघि बिहान १० बजे तुलसीपुरमा प्रभातफेरी र उद्घाटन अपराह्न १ बजे हुनेछ ।

प्रतियोगिताको पहिलो खेल सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ र मध्यपश्चिम विकास क्षेत्र तथा दोस्रो मध्यमाञ्चल क्षेत्रीय टोली र सुदुरपश्चिमाञ्चल क्षेत्रीय टोलीबीच हुनेछ । प्रतियोगिताको अन्तिम खेल माघ ६ गते घोराहीमा हुनेछ ।रासस 

प्रतिक्रिया