अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

बिर्तामोडको करेन्ट मनोरञ्जन मेलामा राई इज किङ, जितु नेपाल, सविन राईको भव्य प्रस्तुति

बिआरटीनेपाल २०७४ माघ १ गते १२:२१ मा प्रकाशित

बिर्तामोड र यशोदा फुड्स प्रालिले आफ्नो उत्पादन करेन्ट चाउचाउको प्रवर्दन गर्न बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको मैदानमा शनिवार आयोजित ‘करेन्ट मनोरञ्जन मेला’मा हजारौँ दर्शकहरूले गीत सङ्गीतसँग सँगै खेल तमासाबाट साँझ सम्म मनोरञ्जन लिए ।

दिउँसो २ बजे देखि सुरु भएको कार्यकर्ममा साँझ ५ बज्न लाग्दा चर्चित गायक राजेश पायल राई स्टेज चढ़न खोज्दा सुरक्षाकर्मीहरूबाट साँझ ५ बजे नै कार्यकर्म रोक्न भनेपछि स्टेजमा आफ्नै अन्दाजमा मैले, मायाले दिएको चिनो गाएर एकदमै गम्भीर भएर सुरक्षाकर्मीहरूलाई १ घण्टाको समय थपिदिनु आग्रह गर्दै हामी कलाकारहरू स्टेज चढे पछि गीत गाउनु पाउनु पर्छ र सबैले मनोरञ्जन लिन पाउनु पर्छ भन्दै हामी सबै नियम कानुन पालना गरेर मनोरञ्जन प्रदान गर्नेछौ र मनोरञ्जन लिनेछौ भन्दै उनले दर्शन नमस्ते, उकालीमा जाँदा, मत मर्छु कि क्या हो ठुली, म ज्यान दिन्छु, दर्पण छाया लगायतका आधा दर्जन गीतहरू गाए ।

राई इज किंग पछि आएका अर्का पप स्टार सबिन राईले पनि गुराँसको फेद, कालो कालो रात, तिमि नै, आउँछु लगायत का आधा दर्जन गीतहरू गाए । मनोरञ्जन लिन आएका हजारौँ दर्शकहरू बिच धेरै गीतहरू गाउने मन हुँदा हुँदै पनि दुवैले समय छोटयाउँदै थोरै गीतहरू मात्र गाए।

त्यस्तै मनोरञ्जन मेलामा अन्य गायकर गायिकाहरुहरु श्रीकृष्ण लुइँटेल, डिल्ली फोम्बो, मिलन अमात्यले आफ्ना चर्चित गीतहरू गएका थिए भने हास्य कलाकार जितु नेपालले समसामयिक हास्यकुरहरु गर्दै दर्शक हँसाएका थिए । एभरेष्ट क्रुको बि बोयिंग र जादुगर बलराम सरकारको जादुले पनि दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएको थियो ।

करेन्ट मनोरञ्जन मेलामा विभिन्न खेलका निःशुल्क स्टलमा केटाकेटी देखि युवाहरू झुम्मिएका देखिन्थे भने करेन्ट चाउचाउबाट बनाइएको विभिन्न स्वादका परिकारहरूमा पनि दर्शकहरू झुम्मिएका थिए ।

कार्यक्रममा यशोदा फुड्स प्रालिको म्यनेजिंग डाइरेक्टर अर्जुन भण्डारी, ब्रान्ड एम्बेसडर सन्ध्या केसी लगायत कम्पनीका महानुभावहरूले विभिन्न स्वादको करेन्ट चाउचाउको लन्च गरेका थिए ।

प्रतिक्रिया