अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

सोनाम ल्होछारको अवसरमा साइप्रसमा सॉंगातिक धमाका हुँदै

सौरभ श्रेष्ठ २०७४ माघ १ गते १२:०३ मा प्रकाशित

आगामी जनवरी २१ तारिख आइतबारका दिन तामाङ समुदायको मौलिक सॉंस्कृतिक राष्ट्रिय पर्व सोनाम ल्होसारको अवसर पारी साइप्रसको लिमसोल्मा २८५४ सोनाम ल्होछार खि/ नागी ल्हो सॉंगातिक धमाका २०१८ नामक साङ्गीतिक कार्यकर्म हुने भएको छ ।

नेपाल तामाङ घेदुङ साईप्रस द्वारा आयोजना हुन गइरहेको कार्यक्रमको लागि नेपालबाट आउनुहुने चर्चित पप गायक मिङ्मा शेर्पा सँगै म्हेन्दोमाया गायक तथा वरिष्ठ सङ्गीतकार रोशन फ्युबा तामाङ, चर्चित सेलो गायक तथा वरिष्ठ सङ्गीतकार विश्व दोङको साङ्गीतिक प्रस्तुति रहने इभेन्ट म्यानेजर सुरेसकुमार परियारले बताउनु भएको छ ।

यसअघि पनि साईप्रसमा नै पहिलोपटक राजेशपायल राई, मौसमी गुरुङ, प्रशान्त तामाङ, लगायतका चर्चित कलाकारहरूलाई ल्याएर नेपालीज धमाका १ र २ जस्तो ठुलो तथा भव्य कार्यक्रमको आयोजना तथा व्यवस्थापन गरिसकेका सुरेश कुमार परियारले यसपालिको कार्यक्रम पनि भव्य र सभ्य बनाउन लागिपरेको बताउनुभयो।

कार्यक्रम साईप्रसको समय अनुसार बिहान १० बजे देखि साँझ ५ बजे सम्म हुनेछ । साईप्रसमा रहनु भएका नेपाली विद्यार्थीहरूले विद्यार्थी परिचय-पत्र देखाएर १२ युरो र अन्यलाई १५ युरो टिकट डर राखिएको र सधैँ झैँ खाजा, खाना र बसको पनि व्यवस्था गरिएको इभेन्ट म्यानेजर सुरेश कुमार परियारले बताउनु भयो । आफ्नो सहभागितामा रहेको हरेक कार्यकर्मबाट साइप्रसमा रहेका नेपालीहरूबाट विश्वास जित्न सफल रहेकोले पनि यसपालिको कार्यकर्म अझ भव्य हुने परियारले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू