अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५० | Colorodo: 05:05

राष्ट्रिय कलाकारहरुको माघी पर्व सुनसरीको झुम्का कारागारमा

बिआरटीनेपाल २०७४ माघ १ गते ५:२४ मा प्रकाशित

सुनसरीको झुम्का कारागारमा रहेका कैदी बन्दी लगायत सुरक्षाकर्मीहरले माघी पर्व मनाएका छन् । देशकै दोस्रो ठूलो बन्दीगृह  सुनसरीको रामधुनी नगरपालिकाको झुम्कास्थित कारागारमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारको प्रस्तुती सहित आज शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक कार्यक्रमका साथ माघी पर्व मनाईएको हो ।

कारागर ब्लक ए को सक्रियतामा आयोजित सो कार्यक्रममा कलाकारहरु दीपाश्री निरौला, प्राश्ना शाक्य, सुमित खड्का, मीना निरौला, तारा लावती, टीका प्रसाईं, लेखराज गुरुङ तथा सुनसरीका नागी डान्स सेन्टरका कलाकार र कारागारका कर्माबाद ब्याण्डका कलाकारहरुले आ आफ्ना प्रस्तुति प्रदर्शन गरेका थिए ।

राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारको नृत्य एवं गीतको प्रस्तुतिले कारागारका कैदीबन्दीलाई उत्साहित बनाएका थिए ।

कार्यक्रममा कारागारका दुवै ब्लकका १६ सय बढी कैदीबन्दीको उत्साहजनक सहभागिता थियो ।

प्रतिक्रिया