अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

भिसासँग आवद्ध बैंकहरुको भिसा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्म नगद फिर्ता योजना

बिआरटीनेपाल २०७४ पुष ३० गते ४:३८ मा प्रकाशित

कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान\सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएका छन् ।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकहरुको पहलमा नेपालमा यस प्रकारको योजना थालिएको छ । नेपाली समाजमा नगद बिना नै कारोबार गर्न सकिने र ग्राहकहरुमा भिसा डेबिट÷क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने अनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकको खातामा सिधै नगद फिर्ता हुने विशेष प्रकारको योजना सार्बजनिक गरिएको छ ।

कार्डबाहक जसले बस्तु तथा सेवा खरिदमा भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दछन् उनीहरुले आफ्नो खातामा नगद फिर्ता प्राप्त गर्ने छन् । यस योजनामा सहभागी हुन न्यूनतम रु. ५००— को कारोवार ग्राहकहरुले गर्नु पर्ने छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र यस बैंकसँग आवद्ध बैंकहरुसँग सहकार्य गरी क्यास व्याक लोयल्टी योजनामा सहभागी हुन पाएकोमा भिसाले हार्दिक आभार प्रकट गरेको छ ।

यस योजनाबाट सेन्चुरी बैंक लि., ग्लोबल आइएमई बैंक लि., कुमारी बैंक लि., महालक्ष्मी विकास बैंक लि., मेगा बैंक नेपाल लि., मुक्तिनाथ विकास बैंक लि., एनसिसि बैंक लि., नेपाल इन्भेष्टमेण्ट बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि., सानिमा बैंक लि. र टुरिजम डेभलपमेन्ट बैंक लि. का भिसा कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुने छन् ।

साथै यस किसिमको योजनाबाट ग्राहक बर्गहरु थप लाभान्वित हुने र कारोवार पनि सुरक्षित हुनेमा बैंकहरु विस्वस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू