अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१
| Colorodo: 02:36
संखुवासभामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका ३, सामाटारमा दुर्घटनामा हुँदा मकालु गाउँपालिकामा अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको हो ।
स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका कटुवाल र पुनर्निमाण प्राधिकरणका कर्मचारी सहितको टोली जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का व्यक्ति सुरेश राईको मात्रै सनाखत भएको संखुवासभाका प्रहरीले जनाएको छ ।