अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

‘बामगठबन्धन टुटाउन देशी-बिदेशी शक्तिको चलखेल बढ्दैछ’ – महेन्द्रबहादुर शाही

बिआरटीनेपाल २०७४ पुष ३० गते ०:२७ मा प्रकाशित

 पूर्व मन्त्री एवं माओवादी केन्द्रका युवा नेता महेन्द्रबहादुर शाहीले बामगठबन्धन तोड्नु देशी बिदेशी शत्तिलको चलखेल बढेको बताउनु भएको छ । रफत सञ्चार क्लबमा आज आयोजीत कार्यक्रममा बोल्दै शाहीले बामगठबन्धन र लोकतान्त्रीक गठबन्धनलाई टुक्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोगन गर्न देशी बिदेशी शक्ति लागेको बताउँदै उहाँले बामगठबन्धको एकता तोड्ने चलखेल जारी रहेता पनि त्यसले पूर्णता नपाउने बताउनु भयो ।

पाँच बर्ष सम्म बामगठबन्धनबाट एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने बताउँदै अब बन्ने बामगठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने त्यो कार्यकाल पाँच बर्ष हुनेमा कसैलाई शंका नर्गन उहाले आग्रह गर्नु भयो ।

उहाँले वर्तमान देउवा सरकाले जाँदा जाँदै गरेको राम्रा कामको निरन्तरता दिने तर गलत निर्णय नयाँ बन्ने बामगठबन्धनको सरकारलाई मान्य नहुने बताउनु भयो । अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर जसरी निर्णय गरेको छ यो कामचलाउ सरकारले त्यो सरासर संबिधान बिपरित गएर काम गरिरहेको उहाँले बताउनु भयो ।

निर्वाचन आयोगले समेत नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको भन्दै उहाँले निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संबिधानको समेत उलंघन गर्ने काम गरेको उहाँको टिप्पणी छ ।

उहाँले प्रदेश नं ६ को समग्र विकासका लागी आम राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश राजधानीका बिषयमा ६ नम्बर प्रदेशमा कुने बिबाद नरहेको समते दाबी गर्नु भयो । छ नंम्बर प्रदशेका लागि आफू मुख्य मन्त्रीका लागि योग्य रहेको र जिम्मेवारी बहनको अवसर दिए कुसलतापूर्वक निर्वाह गर्ने समेत बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू