अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

ह्वाइट हाउसले गर्यो किम जोङसँग राष्ट्रपति ट्रम्पको सम्बन्धको खण्डन

बिआरटीनेपाल २०७४ पुष ३० गते ०:१९ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको भनी प्रकाशित एक समाचारको खण्डन गरेको छ । 

उहाँले भन्नुभएको भनी अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा छापिएको एक समाचार सत्य नभएको, तथा राष्ट्रपति ट्रम्पलाई गलत उद्धरण गरिएको ह्वाइट हाउसले शनिबार स्पष्ट गरेको हो ।

उक्त पत्रिकालाई दिनुभएको एक अन्तरवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्नुभएको भनी प्रकाशन गरिएको थियो ।

तर राष्ट्रपति ट्रम्पले त्यसो नभन्नुभएको भनी उक्त गलत उद्धरणको खण्डन गरिएको छ । ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डरर्स्ले भन्नुभएको छ– राष्ट्रपति ट्रम्पले त्यसो भन्नुभएको छैन ।

उहाँले आफ्नो सम्बन्ध उत्तर कोरियाली नेतासँग राम्रो रहेको भनेर सो अन्तरवार्तामा नभन्नुभएको भनी दाबीसहितको विज्ञप्ति प्रवक्ताले प्रकाशन गर्नुभएको समाचारमा जनाइएको छ ।

उक्त अन्तरवार्ताको अडियो रेकर्ड ह्वाइट हाउसका प्रवक्ता स्यान्डर्स् र सो वाल स्ट्रिट जर्नल पत्रिकाले पनि वेभसाइटमा राखेको छ ।

उक्त पत्रिकाको शनिबारको अंकमा उहाँको अन्तरवार्ता छापिएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सम्बन्ध उत्तर कोरियाली नेतासँग रहेको भनी दिइएको सो अन्तरवार्ताको अमेरिकामा व्यापक मात्रामा चर्चा भएको थियो ।

सो चर्चापछि ह्वाइटहाउसले उक्त समाचारको खण्डन गरेको हो । समाचारको खण्डन गर्दै प्रवक्ता स्यान्डर्स्ले उहाँको अन्तरवार्ताको अडियो नै राख्नुभएको छ ।

पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच व्यापक असमझदारी बढ्दो छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको क्षेप्यास्त्र परीक्षणका कारण उसँगको अमेरिकी सम्बन्ध बिग्रिएको हो । (रासस)

प्रतिक्रिया