अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

‘मिस्टर एण्ड मिस मोडल’ चितवन आयोजना हुँदै

बिआरटीनेपाल २०७४ पुष ३० गते ०:०० मा प्रकाशित

चितवन जिल्लामा रहेर मोडलिङ क्षेत्रमा आउन चाहने अबिबाहित तथा बिबाहित  महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले मिस्टर एण्ड मिस मोडलचितवन २०१८ प्रतियोगिताको आयोजना गर्ने भएको छ l यस सौन्दर्य प्रतियोगिताको लागि माघ ६ गते शनिबार होटल सुप्रिम चितवनमा पहिलो अडिशन गर्न लागिएको कुराआयोजक सस्थाले जानकारी गराएको छ l

 उक्त प्रतियोगिता बाट छनौट भएकाहरुलाई भबिष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्वगराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन l

मोडल सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन  इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले सहभागिता जनाउन सक्नेछन l प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्म र महिलाको उचाइ ४’ ५” र पुरुष ५’५” भन्दा माथिका प्रतियोगीहरु  हुनु पर्नेछ l उक्त प्रतियोगिताको बिजेतालेराष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने  सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ l  जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाईसञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमाप्रशिक्षण दिनेछन् ।

 प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास  सहित गतिविधीमा समेत सहभागि गराइने जानकारीआयोजक डेभिल सिंह राजपुतले गराए।

प्रतिक्रिया