अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

राज्यलाइ चुनौति दिने फिल्म बन्दैछ ‘आक्रान्त’ – प्रमोद भण्डारी (निर्देशक)

बिआरटीनेपाल २०७४ पुष २९ गते २३:४१ मा प्रकाशित

डेढ दशक देखि नेपाली फिल्ममा निर्देशकको रुपमा काम गर्दै आउनु भएका निर्देशक प्रमोद भण्डारी यतिबेला अर्का चलचित्रको तयारीमा जुटेका छन् । चलचित्र हो आक्रान्त ।  सानो कथा लाइ समाज र राज्य संग जोडेर चलचित्रको स्कृप्ट तयार पारिएको निर्देशक भण्डारी बताउछन् । अहिलको समसामहिक कथालाइ अहिलेकै पुस्ताको रहनसहनमा चलचित्र आक्रान्त निर्माण गर्न लागीएको हो ।

फागुन बाट छायांकनमा जाने चलचित्र आक्रान्त का केहि कलाकारहरु छनौट भइसकेका छन् तर कलाकारहरु प्रेसमिट गरेर मात्र सार्वजनिक गरिने निर्देशक भण्डारी बताउछन् । राजनिति र समाजलाइ युवा पुस्ता संग बाधेर निर्माण गर्न लागिएको यो चलचित्र निर्माण गर्न र रिलिज गर्न ठूलो चुनौति रहेको र आफू हरेक पटक चुनौति लिएरै चलचित्र निर्माण गर्ने भण्डारी बताउछन् । भण्डारी को पछिल्लो चलचित्र नतिजा पनि सेन्सर बोर्ड संग ठूलै लफडा परेको थियो ।

आफू अव फितलो चलचित्र निर्माण नगर्ने बताउदै निर्देशक भण्डारीले चलचित्रलाइ २०७५ सालको दशै भित्रमा रिलिज गरिने बताएका छन् ।

प्रतिक्रिया