अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

‘हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्ड हुन्’ –चन्द्रप्रसाद ढकाल

बिआरटीनेपाल २०७४ पुष २९ गते ९:०५ मा प्रकाशित

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाइड्रो र पर्यटन मुलुकको आर्थिक विकासका मेरुदण्ड भएको बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सव तथा सक्रान्ति मेलालाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहनुभएका ढकालले उक्त कुरा उल्लेख गर्नुभएको हो ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले एक जिल्ला एक उत्पादन (ओडीओपी) कार्यक्रम संचालन गरेको उल्लेख गर्दै म्याग्दीमा कृषि उत्पादनका अतिरिक्त खनिज पदार्थको उत्पादन र प्रशोधनको उत्तिकै सम्भावना रहेको उल्लेख गर्नुभयो । मुलुकले संघीय संबिधान पनि प्राप्त गरेको र सोहि संबिधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अव सवैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको ¬¬तर त्यसका लागि झन्झटिला परम्परागत कानुनमा समयानुकुल संसोधन आवश्यक रहेको कुरा जोड दिनुभयो । रेमिटेन्स भित्राउने जिल्लाको रुपमा म्याग्दी अग्रणी रहेको बताउँदै यसरी भित्रिने रेमिटेन्सलाई सामुहिक लगानीमा आकर्षित गरी म्याग्दीको आर्थिक विकासमा लगाउन सबैसंग आग्रह गर्नुभयो ।

पुर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष माननीय श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न कार्यालय प्रमुखहरु , स्थानीय उद्योगी एवम् व्यवसायीहरुले महोत्वस सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

आइएमई ग्रुप एक व्यवसायीक संस्था हो । यसले रेमिटेन्स, बैंकिंग, सूचना प्रविधि, पर्यटन, उर्जा, अटोमोवाइल, इन्सोरेन्स लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू