अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

२५ वर्षदेखि जुत्ता सिलाउँदै आएका नथुनिया मोचीको हातबाट जुस पिएर डा. केसीले अनशन तोडे

बिआरटीनेपाल २०७४ पुष २८ गते २३:५० मा प्रकाशित

डा. गोविन्द केसीले अनशन तोडेका छन् । शुक्रबार राति पाँचबुँदे सहमति भएपछि अनशनरत डा. केसीले पच्चीस वर्षदेखि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने नथुनिया मोचीको हातबाट जुस पिएर आज बिहान १० बजे अनशन तोडेका हुन् ।

अनशन तोडेपनि न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो लडाइँ सधैँ जारी रहने डा. केसीको बताएका छन् । डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले डा. केसीले चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, सर्वोच्च अदालतको आदेशअनुसार आइओएमका डीनमा प्राडा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने लगायत पाँचबुँदे सहमति भएको जानकारी दिएका छन् ।

गत आइतबार सर्वोच्च अदालतले आइओएमका डीनमा चार वर्षअघि बर्खास्त भएका प्रा डा शशी शर्मालाई चार दिनका लागि पुनर्बहाली गरेसँगै डा केसीले न्यायसंगत नभएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसहित सोमबारदेखि आमरण अनशन शुरू गरेका थिए । र उनलाई अदालतको आदेश अनुसार पक्राउ समेत गरिएको थियो । अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उहाँलाई बुधवार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो ।

स्वास्थ्यमन्त्री दीपक बोहरा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वणिम वाग्ले सम्मिलित टोली र डा केसीका पक्षका अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह, डा सुमन आचार्यको टोलीले वार्ता गरी पाँच बुँदे सहमति गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू