अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

डा केसीसँग पाँच बुँदे सम्झौता, भोलि अनशन तोड्ने

रासस, काठमाडौँ २०७४ पुष २८ गते १०:५९ मा प्रकाशित

त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसी र नेपाल सरकारबिच पाँच बुँदे सम्झौता भएको छ ।

आज साँझ महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबिच भएको वार्तामा पाँच बुँदे सम्झौता भई भोलि अनशन तोडने सहमति भएको छ ।

डा केसीका सहयोगी डा अभिषेकराज सिंहले भोलि डां केसीले अनशन तोड्ने जानकारी दिनुभयो । उहाँ पाँच दिनदेखि अनशनमा हुनुहुन्छ । गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उहाँले अनशन सुरु गर्नुभएको थियो ।

सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिस समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरू समेटिएका छन् ।

अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उहाँलाई बुधवार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो ।

भोलि बिहान १० बजे अनशनस्थल शिक्षण अस्पताल, महाराजगञ्जमा डा केसीले अनशन तोड्नु हुने डा सिहले जानकारी दिनुभयो । यो उहाँको १४ आमरण अनशन हो ।

सम्झौता पत्र

सम्बन्धित सामग्रीहरू