अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३३ | Colorodo: 03:48

क्यालिफोर्नियाको पहिरोमा परि मर्नेको संख्या १७ पुग्यो -डेढ दर्जन मानिस बेपत्ता

बिआरटीनेपाल २०७४ पुष २८ गते ३:३४ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यमा पहिरोमा परी मर्नेको संख्या १७ पुगेको छ भने डेढ दर्जन मानिस हराईरहेका छन् ।

क्यालिफोर्निया राज्यको सान्टा बार्बारा काउन्टीमा बुधबार भएको भीषण वर्षापछिको उक्त पहिरोमा परि २८ जना घाइते भएका छन् । साथै अधिकारीका अनुसार उक्त क्षेत्रमा कम्तीमा एक सय उद्धारकर्ताहरूले भग्नावशेषमा हराइरहेका मानिसको खोजीकार्य जारी राखेका छन् ।

कम्तीमा एक सय घर पूर्णरूपमा ध्वस्त भएको सो पहिरोबाट ३ सयभन्दा बढी घरमा आंशिक क्षति पुगेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू