अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

दर्शन लामाको ‘जाउँ हिँड मैच्याङ’मा एलिसा र निराजनको रोमान्स (भिडियो)

बिआरटीनेपाल २०७४ पुष २८ गते ३:१९ मा प्रकाशित
चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राईको नयाँ म्युजिक भिडियो बाहिरीएको छ । मोडल निराजन प्रधानसँगको रोमान्टिक भिडियो सार्वजनिक भएको हो ।
जाउँ हिँड मैच्याङ बोलको सेलो गीतको भिडियोमा वि.पी हाईवेका मनोरम दृश्य समावेश गरिएको छ । दर्शन लामाको स्वर रहेको गीतको भिडियोमा एलिसालाई निराजनले ट्रकमा भगाएको देखाइएको छ । जहाँ उनीहरुको रोमान्टिक दृश्य समेत राखिएको छ ।
युवराज वाइबाको निर्देशनमा बनेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतमा स्मृति मोक्तानको शब्द र सुसन लामाको संगीत छ ।

प्रतिक्रिया