अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

गायक मनोजराज सिवाकोटीको ‘कुन तराजुले’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ पुष २८ गते २:५६ मा प्रकाशित

‘कुन तराजुले’बोलको नेपाली आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौको अनाम नगरस्थित युनियन हलमा एक कार्यक्रमको बीच प्राज्ञ तथा वरिष्ठ संगीतकार शान्तिराम राईले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेको
हुन् ।

जीवन लुईटेलको शब्द रचनामा,पुस्कर सुनुवारको संगीत तथा एरेन्ज रहेको छ भने, नेपाली गीत संगीतको दुनियाँ छुट्टै पहिचान बनाउन सफल गायक मनोजराज सिवाकोटीको स्वरमा रहेको छ ।

व्यस्त र कुशल छायाँकार ओम प्रसाईले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई नेत्र किरातीले निर्देशन गरेका छन् भने बिष्णु खड्का (आर्यन) को सम्पादन रहेको छ ।

पछिल्लो समयकी अत्यन्तै व्यास्त मोडेल आरुशी मगर र उदयीमान मोडेल शेरबहादुर मगरको अभिनय रहेको म्युजिक भिडियोमा हास्यकलाकार तथा मोडेल रोशन मगरको पनि अभिनय रहेको छ ।

विमोचन कार्यक्रममा विमोचित म्युजिक भिडियोको बारेमा बोल्दै प्राज्ञ शान्तिराम राईले भने ” गीत अत्यन्तै राम्रो र मार्मिक रहेको र गीतको शब्द र संगीत जस्तै म्युजिक भिडियो पनि अत्यन्तै राम्रो बनेकोले नेपाली गीत-संगीतको क्षेत्रमा अर्को दह्रो ईटा थपिएको बताए” उनले अगाडि भने ” मैले नेपाली गीत-संगीतको क्षेत्रमा तिन दशक भन्दा बढि समय बिताएको अनुभवको आधारमा हेर्दा यो गीत निक्कै आशा लाग्ने र दर्शक स्रोताहरुले खोजेको जस्तै रहेको बताए ।

कार्यक्रममा  गायक रेवत राई  गायिका मनिता राई छायाँकार तथा कलाकार ओम प्रसाई लगायत अन्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया