अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

हट्यो ‘इन्टु मिन्टु लन्डनमा’को तनाव: दोस्रो पटकमा लण्डनका लागी भिषा पाइन् साम्राज्ञीले

बिआरटीनेपाल २०७४ पुष २७ गते २२:१० मा प्रकाशित

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘इन्टु मिन्टु लन्डनमा’ नामक चलचित्रको छायांकनका लागी लण्डन जाने तरखरमा थिइन् तर पहिलो पटकनै साम्राज्ञीलाई दुतावासले भिषा नदिएपछि चलचित्र टीमनै तनावमा थियो । साथै साम्राज्ञीले भिषा नपाएको खबरले मिडियाहरुमा राम्रै स्थान पायो । लण्डनको भिषाका लागी साम्राज्ञीले दोस्रो पटक पनि भिषा एप्लाई गरिन् र अन्ततः उनी भिषा पाउन सफल भइन् ।

पहिलो पटक बेलायतले भिषा दिन अस्वीकार गरेपछि उनले नायक आर्यन सिग्देलको अभिनय र निर्माणमा बन्न लागेको चलचित्र ‘कायरा’ साइन गरेकी थिइन् । ‘कायरा’को छायांकन जनवरी ११ तारिखबाट सुरु हुँदैछ । यसका लागि सोमवार साँझ नायक आर्यन फिलिपिन्स उडेका छन् ।

फिलिपिन्सको मनिलामा छायांकन हुने यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन् । यस्तै, साम्राज्ञीले बेलायतमा ‘इन्टु मिन्टु लन्डनमा’को सुटिङ सुरु गरिसकेकी छिन् । उनले आफ्नो आधिकारिक इन्स्टाग्राम र फेसबुकमा फिल्मका नायक धिरज मगरसँगको एक तश्विर शेयर गरेकी छिन् ।

बिग बजेटमा निर्माण हुन लागेको यो फिल्मकी निर्देशक रेनाशा वान्तवा राई हुन् । उनी चर्चित कोरियोग्राफर समेत हुन् । यो फिल्मको अधिकांश छायांकन बेलायतमा नै हुनेछ । सेड्युल जुधेपछि अब साम्राज्ञीले ‘कायरा’ र ‘इन्टु मिन्टु लन्डनमा’को छायांकन एकसाथ गर्नेछिन् ।

प्रतिक्रिया