अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४ | Colorodo: 07:29

‘दक्षकला अवार्ड’ कलाकार किरण केसी (रातामकै)लाई

बिआरटीनेपाल २०७४ पुष २७ गते २१:५१ मा प्रकाशित

हाँँस्य कलाकार किरण केसी अर्थात रातामकैले दक्षकला अवार्ड प्रदान गरिएको छ । नेपाली कलाक्षेत्रमा लामो समय बिताएका र दक्षता पुर्वक ठुलो योगदान पु¥याएका केसीलाई दक्ष ईन्टेरनेशनल उक्त अवार्ड प्रदान गरेको हो । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजीत अबिबाहित र बिबाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगिता कार्यक्रममै आयोजक संस्थाले उनलाई अर्वाड प्रदान गरेको थियो । अवार्ड बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले बुझाएका थिए ।

त्यस्तै उक्त सौन्दर्य प्रतियोगीताको तेस्रो संस्करणमा एन्जिला कार्की ‘मिस व्युटिफुल नेपाल २०१८’ बन्न सफल भइन् भने संगिता न्यौपाने दोस्रो ‘मिसेस ब्युटिफूल नेपाल २०१८’ बनिन् ।

हास्यव्यग्य अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा मिस व्युटिफुल नेपाल २०१८ तर्फ ३० प्रतिस्पर्धीमध्ये मनिषा देव फष्ट रनर्सअप र मिस कन्जीनिलियटी, अस्मिता श्रेष्ठ सेकण्ड र श्रृजना दाहाल थर्ड रनर्सअप भए। त्यसैगरी पवित्रा घर्ती मगर मस्ट पपूलर, तेन्जिङ्ग लामा मिस क्याटवाक, प्रतिज्ञा भण्डारी बेष्ट डान्स, रोशनी कुमारी रावल बेष्ट सिंगर, अस्मिता श्रेष्ठ बेष्ट आइक्यु, पुष्पा सापकोटा बेष्ट स्किन, बिजेना चौहान ब्युटी विथ प्रपोज, बिनु तामाङ सोसल रेष्पोन्सिबल, समिक्षा श्रेष्ठ बेष्ट हेयर, मिनाक्षी देव फेसबुक च्वाईस, अरुणा कम्बान्ज मष्ट डिसिप्लेन, एन्जिला कार्की मष्ट फ्रेण्डली, बेञ्जु थाप बेष्ट स्पिच, प्रतिज्ञा भण्डारी मिस फोटोजेनीक, लक्ष्मी केसी बेष्ट स्माईल, अरुणा कार्की मिस फेसन आईकन, निशा थापा बेष्ट पर्सानालिटी, श्रृजना दाहाल मस्ट चार्मिङ, रेविका बराईली बेष्ट फिटनेश, समिक्षा श्रेष्ठ मिस ट्यालेण्ट, पवित्रा घर्ति मगर मष्ट एक्टिभ र कल्पना तामाङ मस्ट आइकनीक आईज भएका छन्।

अश्विनी झाको कोरियोग्राफी र बबिता बज्राचार्यको इभेन्ट म्यानेजमेन्टमा बिवाहितहरुको सौन्दर्य प्रतियोगिता मिसेस ब्युटिफूल नेपाल २०१८ मा प्रमुख उपाधि विजेता संगीता न्यौपाने वेष्ट पर्सनालिटी र मिसेस ट्यालेण्ट, सरिता सिंह कायस्थ फष्ट रनर्सअप र वेष्ट फिटनेस, पूजा कुँवर थापा सेकेण्ड रनर्सअप र मिसेस कन्जिनियालिटी भएका छन् ।

प्रतियोगितामा दीना बज्राचार्य मिसेस ¥याम्प वाल्क, अनु लामा वेष्ट हेयर, सविना गहतराज मिसेस फोटोजेनिक र वेष्ट फिजीक, कोपिला रसाईली सिंह वेष्ट स्माइल, , अञ्जु कार्की वेष्ट स्कीन, लीलावती जोशी श्रेष्ठ वेष्ट आर्टवर्क र आरती महर्जन भ्युवर्स च्वाईस भएका छन् ।

कार्यक्रममा अभिनेता गजित बिष्टको आर्कषक नृत्य रहेको थियो भने नायिका सञ्चिता लुर्इंटेल, गायक सिताराम पोखरेल, नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष तथा समाजसेवी डा. श्याम खड्का, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी र नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रममा निरु खड्का, यमन श्रेष्ठ, कमला रेग्मि, महादेब त्रिपाठी, रमेश श्रेष्ठ सिमान्त सन्तोष, धु्रब विस्को, प्रदीप कसपाल लगायतका कलाकाले विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया