अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

नेपाली कांग्रेसका नेता माझीको निधन

बिआरटीनेपाल २०७४ पुष २७ गते २१:३७ मा प्रकाशित

नेपाली काँग्रेसका नेता शशीकुमार माझीको निधन भएको छ । केही समययता मिर्गौलाको रोगबाट पीडित राजविराज नगरपालिका–३ निवासी ५८ वर्षीय नेता माझीको भारतको दरभङ्गास्थित पारस अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।

कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका माझी राजबिराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको २०३९ सालमा स्ववियूका सभापति हुन् ।

कांग्रेसमा उहाँ निष्ठावान नेताको छवि बनाएका माझीको हिजै साँझ राजविराजमा दाहसंस्कार गरिएको छ ।

जिल्लाका उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्तासहित पार्टीका जिल्ला सभापति दिनेश यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपमेयर साधना झा, पुर्व मेयरद्वय गोविन्द सिंह, जगरनाथ दास, राजपाका अध्यक्ष सुनिल झा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष दिनेश यादव, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाका साथै राजनीतिक दलका स्थानीय नेतृत्व र सर्वसाधारणको सहभागिता रहेको शव यात्रामा माझीलाई कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू