अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 08:44

भारत हुँदै साउदी अरब लान लागेका ६ जना महिलालाई धादिङको धार्केबाट उद्धार

बिआरटीनेपाल २०७४ पुष २७ गते ५:११ मा प्रकाशित

साउदी अरब लानका लागि भारततर्फ जाँदै गरिएका छ जना महिलालाई प्रहरीले उद्धार गरिएको छ ।  प्रक्रिया नै नपु¥याई भारत हुँदै साउदी अरब जान लागेकी ती महिलालाई प्रहरीले धादिङको धार्केबाट बुधवार राति उद्धार गरिएको हो ।

उद्धार गरिएका महिलालाई आवश्यक परामर्शका लागि माइती नेपालको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताउनुभयो ।

साउदी अरबमा काम लगाइदिने भनेर एकआपसमा चिनजान नै नभएका महिलालाई धार्केसम्म बोलाएर बुटवलका लागि गाडी चढ्न लागेका बेलामा शङ्का लागेर सोधपुछ गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

उद्धार गरिएकामहिलासंगै रहेका दाङ घोराहीका ३५ वर्षीय प्रसाद विश्वकर्मा, इलामका ३० वर्षीया सुमन पाँचकोटे र तेह्रथुमका ३७ वर्षीया शर्मिला कुमारी संकटालाई समेत प्रहरीले पक्राउ गरेका छन् । उनीहरू साउदी अरबबाट बिदामा आएको बताएका छन् । उनीहरूबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक निरौलाले जानकारी दिनुभयो ।

उद्धार गरिएका छ जना महिलासमेत सबै माइती नेपालको जिम्मामा रहेको माइती नेपालका पदम बस्नेतले टेलिफोनबाट जानकारी दिनुभयो ।

पुरुषलाई महिलाले नचिनेको र छुट्टाछुट्टै गाडीमा धार्के आएर भेट भएपछि बुटवल हुँदै भारत जाने तयारी गरिरहेको अवस्थामा शङ्का लागेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको र थप अनुसन्धानका लागि माइती नेपालले गौशालास्थित केन्द्रीय कार्यालयमा पठाइएको जनाएको छ ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू