अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा भएको प्रदर्शनमा २०० जना पक्राउ, दर्जनौँ घाइते

बिआरटीनेपाल २०७४ पुष २६ गते २३:३० मा प्रकाशित

 ट्युनिसियामा विरोध प्रदर्शनका क्रममा भएको झडपमा परी २०० जना पक्राउ परेका छन् भने दर्जनौँ घाइते भएका छन् ।  देशभरका विभिन्न ठाँउमा भएका प्रदर्शनहरूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको गृह मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

प्रदर्शनका क्रममा आन्दोलनकारीहरू झनभन्दा झन आक्रोसित र कठोर हुँदै गएको पाइएको विभिन्न सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा गत सन् २०११ देखि अपेक्षाकृत तरिकाले लोकतान्त्रिक रूपान्तरण भइरहेको छ । तर आर्थिक रूपान्तरण भने पर्याप्त हुन नसकेको भन्दै असन्तुष्टी व्यक्त भइरहेको छ । 

गृह मन्त्रालयका प्रवक्ता खालिफा चिबानीले स्थानीय रेडियोलाई दिएको जानकारी अनुसार झडपका क्रममा ४९ जना प्रहरी अधिकारी घाइते भएका छन् भने देशभरीबाट २०६ जना आन्दोलनकारी पक्राउ परेका छन् ।

उहाँले ठूलो मात्रा स्रोत साधनको क्षति भएको पनि बताउनुभयो । युवा प्रदर्शनकारीहरूले मंगलबार बेलुका पसलहरूमा ढुंगा प्रहार गरेको र उनीहरूलाई तितरवितर पार्न प्रहरीले केही राउण्ड टियर ग्याससमेत प्रहार गरेको प्रहरी प्रवक्ता चिबानीले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू