अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

गायक शिव परियारको ‘आँशुको अर्थ’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ पुष २६ गते २२:५६ मा प्रकाशित

गायक शिव परियारले आफ्नो नयाँ गीत आँशुको अर्थ सार्वजनिक गरेका छन् । गीतकार रवि अधिकारीको शब्द र टंक बुढाथोकीको संगीतमा रहेको गायक परियारको आँशुको अर्थ उनको आफ्नै युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक गरिएको हो ।

गायक शिव परियारको एल्वम शिवालय भित्र समाविष्ट यस गीतमाथी बनेको भिडियोमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय रहेको छ । निकेश खड्काको निर्देशनमा निर्माण भएको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने धमला बिकासले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया