अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८
| Colorodo: 16:03
काठमाडौं महानगरपालिकाले भित्री क्षेत्रमा चार पाङ्ग्रे सवारी साधनलाई पार्किङ निषेध गर्ने भएको छ । आउँदो माघ २ गतेदेखि लागू हुने गरी कामपाका ७ वटा वडाका १२ क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको हो ।
अब राजधानीको कोर क्षेत्र प्रवेश गर्ने चार पाङ्ग्रे सवारी साधन खुलामञ्चमा पार्किङ गर्नुपर्ने व्यवस्था गरेको छ ।
शहरी सौन्दर्यतालाई कामय राख्न र पर्यटकलाई नेपालको कोर सिटीका बारेमा जानकारी दिन चार पाङ्ग्रे सवारी साधनलाई बिहान ७ देखि बेलुकी ७ बजेसम्म निषेधित गरेको हो ।आजको नेपाल समाचारपत्रमा खबर छ ।