अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

मुस्ताङमा स्की प्रतियोगिता हुने

बिआरटीनेपाल २०७४ पुष २६ गते १७:०७ मा प्रकाशित

काठमाडौँ, नेपालका उच्च हिमाली भेगलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उजिल्याउन स्की खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिने भएको छ ।

सन् २०१८ को अन्तिम सातादेखि मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आयोजना हुने सो प्रतियोगितामा दशभन्दा बढी देशका स्की खेलाडीले अति हिमाली सुन्दरताको आनन्द लिँदै हिँउ कुद्न पाउनेछन् । हिमालय स्की ट्रेडले संयोजन गर्ने सो प्रतियोगिता मुख्य पथप्रदर्शक कृष्ण थापाले गर्नुहुने आज यहाँ आयोजित पत्रकारसम्मोलनमा जानकारी दिइयो ।

अन्तर्राष्ट्रिय स्की खेलाडीसमेत रहनुभएका थापाले नेपालका हिमाली क्षेत्रमा स्कीको अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सम्भव छ भन्ने सन्देश विश्वसामु दिन प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो ।

हरेक वर्ष जनवरीको पहिलो हप्ता उहाँको मुख्य संयोजनमा मुक्तिनाथ, गोसाइँकुण्ड, धौलागिरि क्षेत्रमा स्की तालीमसमेत हुँदै आएको छ । यसपटकको तालीममा नेपालसहित विश्वका ६० भन्दा बढी युवाको सहभागिता रहेको थियो ।

पत्रकारसम्मेलनमा हिमालय स्की ट्रेडका पूर्व प्रबन्ध निर्देशक एवं स्की खेलाडी ललितबहादुर श्रीसले नेपालका हिमाली क्षेत्र स्की खेलका लागि आकर्षक गन्तव्य रहेको बताउनुभयो । नेपालमा स्की खेल प्रवद्र्धन गर्न सहयोग गरिरहनुभएका हिमालय स्की ट्रेडका व्यवस्थापक प्रभात अधिकारीले सरकारले स्की खेलको विकास गर्न सहयोग गर्नुपर्ने विचार राख्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू