अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

‘पिंजडा ब्याक अगेन’ प्रदर्शनका लागि नायक निखिल उप्रेती जापान जाँदै

बिआरटीनेपाल २०७४ पुष २६ गते ६:२२ मा प्रकाशित

आउँदो माघ ४ (जनवरी १८) बाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’को जापान प्रदर्शन तय भएको छ । नेपाल रिलिजको १० दिनपछि जापानमा यो फिल्मको विशेष शो हुनेछ । यहि जनवरी २८ तारिखमा फिल्मको शो पक्का भएको हो ।

उक्त शो मा निर्देशक हिमाल केसीसँगै एक्सन स्टार निखिल उप्रेती उपस्थित हुनेछन् । नेपाली फिल्मका जापानी दर्शकले निखिलसँगै बसेर फिल्म हेर्ने अबसर पाउनेछन् । मंगलबार मात्रै काठमाडौं स्थित जापानी राजदुतावासले निखिल र हिमालसँगै अभिनेत्री सञ्चिता लुईंटेललाई जापानको लागी प्रवेशाज्ञा प्रदान गरेको थियो ।

जनवरी २८ मा टोकियोमा हुने प्रदर्शनीपछि अन्य शहरमा पनि भिन्न भिन्न मितिमा फिल्मको स्कृनिङ हुने निर्देशक केसीले बताए । फेमिली ड्रामा बोल्ने एक्सन प्याक फिल्मको जापान प्रदर्शनको अधिकार क्लासिक युथ जापानले लिएको हो ।

श्रीराम बरालको प्रस्तुती तथा रोहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको फिल्ममा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराइसँगै केहि दिन पहिले मात्रै दिवंगत भएकी विना थापाको मुख्य भुमिका छ ।

रिलिजको छेकोमा फिल्ममा समावेश यसअघि सार्वजनिक दुई गीत ‘कुकुकु’ र ‘तिमी नी आधा’ बोलका गीत हिट नम्बर बनिसकेका छन् । सशक्त सांगितिक पक्ष र एक्सन प्याक ट्रेलरको कारण फिल्म दर्शकको लागी प्रतिक्षित बनिसकेको छ । ‘पिंजडा ब्याक अगेन’को कथा मौनता श्रेष्ठले लेखेका छन् । फिल्ममा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ ।

प्रतिक्रिया