अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

डा केसी वीर अस्पतालमा

बिआरटीनेपाल २०७४ पुष २५ गते ११:०२ मा प्रकाशित

काठमाडौँ, प्रहरीले डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगेको छ ।

सर्वोच्च अदालत आज बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो । तर प्रहरीले सिंहदरबार बृत्त लैजाने क्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको हो ।

डा केसीका सहयोगी डा तोसीमा कार्कीका अनुसार डा केसीको स्वास्थ्यमा आज दिउँसोदेखिनै समस्या आएको र रक्तचाप घटेको थियो, त्यसैले उहाँलाई अस्पताल ल्याइएको हो । प्रहरीले डा केसीको मोबाइल उहाँलाई नदिएको पनि डा तोसीमाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू