अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

डा. केसी वीर अस्पतालमा, सुविधानजनक रुपमा राख्न सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७४ पुष २५ गते ८:३० मा प्रकाशित

प्रहरीले डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगेको छ ।  सर्वोच्च अदालत आज बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो । तर प्रहरीले सिंहदरबार बृत्त लैजाने क्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको हो ।

डा. केसीका सहयोगी डा. तोसीमा कार्कीका अनुसार डा. केसीको स्वास्थ्यमा आज दिउँसोदेखिनै समस्या आएको र रक्तचाप घटेको थियो, त्यसैले उहाँलाई अस्पताल ल्याइएको हो । प्रहरीले डा. केसीको मोबाइल उहाँलाई नदिएको पनि डा तोसीमाले जानकारी दिनुभयो ।

 

 सर्वोच्च अदातलले वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई निजको स्वास्थ्य स्थितिलाई विचार गरी अनुकूल हुने गरी सुविधाजनकरुपमा राख्न आदेश दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको संयुक्त इजलासले आज प्राडा केसीको स्वास्थ्यलाई ध्यानमा राखी सुविधाजनकरुपमा राखेर बुधबार बिहान १० बजे अदालतमा उपस्थिति गराउन आदेश दिएको हो ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा बयानका लागि सर्वोच्च अदालतमा उपस्थित हुनुभएका प्राडा केसीको बयान लिने काम सम्पन्न भएको छ । बयानका क्रममा प्राडा केसीले सर्वोच्च अदालतले चिकित्सा क्षेत्रमा दिएको आदेशले माफियालाई थप सहयोग पुगको बताउनुभएको छ ।

सर्वाेच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सोधेको १४ प्रश्नको जवाफमा प्राडा केसीले अदालतले दिएको फैसलाले सुधार भन्दा पनि विकृति ल्याउने देखेर अनसन सुरु गरेको बताउनुभयो ।

आफ्नो लडाइँ गलत निर्णय दिने न्यायाधीशविरुद्ध भएको तर न्यायलयविरुद्ध नभएको बयानमा उल्लेख छ । अदालतका आदेशमा निजी मेडिकल कलेजले प्रश्रय पाउने, गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विकृति आई तीन करोड नेपालीको स्वास्थ्य र जिउधनप्रति खेलवाड भइरहेको बयान छ ।

आपूmले जारी गरेको प्रेस विज्ञप्तिमा अदालतको अवहेलना हुने गरी अमर्यादित र अशिष्ट तरिकाले प्रकाशित गरेको नभई अदालतप्रति सम्मान रहेको उहाँले बयानमा बताउनुभएको छ ।

त्यसैगरी बयानमा अदालतलको अवहेलनामा सजाय हुन्छ भन्ने आफूलाई राम्ररी थाहा भएको र सही न्याय सम्पादन गर्ने न्यायाधीशलाई आपूmले सम्मान गर्ने उल्लेख छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू