अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

नेपाल आईडलको प्रस्तुति अमेरिकाको कोलोराडोमा

बिआरटीनेपाल २०७४ पुष २४ गते २१:२४ मा प्रकाशित

नेपाल आईडलका ३ विजयी बुद्ध, निसान र प्रतापले अमेरिकाको कोलोराडोमा आफ्नो प्रस्तुति दिने भएका छन् । कोलोराडो नेपाली युथ क्लबको आयोजनामा फेब्रुवरी २ तरिकाका दिन सांझ ७ बजे देखी नेपाल आईडल बुद्ध लामा साथै फस्ट रनरअप निसान भट्टराई र सेकेण्ड रनरअप  प्रताप दासले कोलोराडोको इम्पेरियम इभेन्ट सेन्टर, ३०५१ वेष्ट ७४ एभन्युय, वेष्टमिनिस्टर (Imperium Event Center, 3051 w. 74th Ave, Westminster, Co 80003) मा एकसाथ आफ्नो प्रस्तुति दिने भएका हुन् ।

आयोजक टिमका पासाङ शेर्पाले बिआरटी नेपाललाई दिएको जानकारी अनुसार नेपाल आईडलका यी तिन गायकसँगै कार्यक्रममा स्थानीय कलाकारहरू सम्झना पाण्डे, शरण गुरुङ, शुभन्जन डोवा,  कास्टमन्डप ग्रुप, भयन्कर ग्रुप साथै डिजे नोरज र डिजे शीतलको पनि प्रस्तुति दर्शकहरूले हेर्न पाउने छन् । यही ग्रुपले गत वर्ष ओरिजिनल ड्यु कन्सर्टमा फिरोज स्यान्देन र अड्रियन प्रधानको कार्यक्रम सफल साथ सम्पन्न गरेको थियो ।

प्रवेश शुल्क राखिएको यो कार्यक्रममा सहभागी हुने दर्शकका लागि अग्रिम बुकिङको टिकट अमेरिकी डलर २५ मा र कार्यक्रमकै दिन गेटबाट टिकट लिनेहरुका लागि ३० डलर राखिएको छ । टिकट बुकिङका लागि र कार्यक्रमबारे थप जानकारीका लागि आयोजक टिमका पसांङ शेर्पा, शीतल शर्मा, बिनोद गुरुङ, बिरेन्द्र ठकुरीलाई सम्पर्क गर्न सकिनेछ । कार्यक्रम स्पन्सर गर्नु परेमा आयोजक टिमसंग संपर्क गर्न सकिने छ । 

प्रतिक्रिया