अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

‘सुपर मोडल नेपाल–२०१८’ का ४७ मोडल प्रतिस्पर्धामा

बिआरटीनेपाल २०७४ पुष २४ गते ८:१३ मा प्रकाशित

‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिातको यस दोस्रो सिजनका लागि प्रतिस्पर्धीहरु हिजोआज प्रशिक्षणमा व्स्त छन् । ती ४७ जनामध्ये एकजनाले सन् २०१८ को ‘द सुपर मोडल नेपाल’को उपाधि जित्नेछिन् ।

‘द सुपर मोडल नेपाल’का प्रतियोगीहरुलाई क्वाटवाकलगायत आत्मविकाससम्बन्धी प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यले दिइरहेका छन् ।

यसअघि प्रतिस्पर्धीको ‘फोटोजेनिक’ सबटाइटलका लागि फोटोसुट सम्पन्न भइसकेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा यही आउँदो ५ माघमा राजधानीमा हुने आयोजक संस्थाका अध्यक्ष फुपु तेञ्जिङ शेर्पाले बताए ।

प्रतिक्रिया