अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३४ | Colorodo: 14:49

‘लिटिल स्टार अफ दि इयर’का प्रतियोगी बिभिन्न प्रशिक्षणमा

बिआरटीनेपाल २०७४ पुष २४ गते ७:११ मा प्रकाशित

बालबालिका सम्बन्धी सौन्दर्य प्रतियोगीता ‘लिटिल स्टार अफ द इयर २०१८’का ७० प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । दरबारमार्ग स्थित सिडब्लु रेष्टुरेन्टमा अहिले उनीहरुले बिभिन्न प्रशिक्षण लिइरहेका छन् । राजधानीमा आयोजित प्रारम्भिक चरणमा छानिएका प्रतियोगी प्रतियोगीताको शिर्ष उपाधी चुम्दै आफ्नो भाग्य चम्काउन १८ गतेदेखि नियमित प्रशिक्षणमा जुटिरहेका छन् । प्रारम्भिक चरणको अडिसनमा सहभागी १२० मध्यबाट अन्तिम चरणका लागि यी प्रतियोगी छानिन सफल भएका हुन् ।

प्रतियोगीलाई प्रशिक्षण मार्फत निखार्ने काम मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल, जीवन गिरी लगायतले गरिरहेका छन् ।

प्रशिक्षणको क्रममा उनीहरुले संगीत, गायन, नृत्य, ब्याक्तित्व विकास, सामाजिक उत्तरदायत्व, बालअधिकार, अनुसासन लगायत बिषयको ज्ञान लिने कार्यक्रमको कोडिनेटर जीवन गिरीले बताए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माण तिर अग्रसर गराउने उद्देश्यले गत बर्षबाट एनोवेसन इवेन्ट म्यानेजमेन्टले यो प्रतियोगीता सुरु गरेको हो ।

७ देखि १४ बर्षसम्मका बालबालिकाले सहभागीता रहेको प्रतियोगीतामा ७ देखि ९, १० देखि १२ र १३ देखि १४ गरि भिन्न भिन्नै तीन समहुको बिजेता छानिने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।

शिर्ष सहित बिभिन्न उप बिजेता समेत छानिने प्रतियोगीतामा बिजेताले बिभिन्न पुरस्कार र अवसर एकसाथ जित्न सक्ने आयोजले जनाएको छ ।

प्रतिक्रिया