अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

काल्पनिक पुस्तक– राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७४ पुष २३ गते ११:०८ मा प्रकाशित

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँको विषयमा आधारित रहेर हालैमात्र प्रकाशन गरिएको एक पुस्तकलाई काल्पनिक पुस्तक भन्नुभएको छ । उहाँलाई सो पुस्तकमा अस्थिर मानिस र राष्ट्रपति पद सम्हाल्नका लागि असक्षम व्यक्ति भनेर टिप्पणी गरिएको छ । तर यसलाई उहाँले एउटा पुस्तक कति काल्पनिक हुन्छ भनेर सोही पुस्तकलाई हेरे हुने प्रतिक्रिया दिनुभएको हो ।

उहाँले आफू राष्ट्रपति पद सम्हाल्न सक्षम रहेको भन्दै यस्ता पुस्तकहरुले लेख्दैमा मेरो चरित्रमा कुनै फरक नपर्ने र असक्षम भनी यस्ता काल्पनिक कथाहरुले लेख्दैमा नहुने प्रतिक्रिया पनि दिनुभएको छ । माइकल वूल्फद्वारा लिखित सो पुस्तक सार्वजनिक भएपछि उहाँको यो प्रतिक्रिया आएको हो । सो पुस्तकमा राष्ट्रपति पदका लागि उहाँ योग्य व्यक्ति नरहेको आरोप लगाइएको छ ।

प्रयः विवाद आइरहने अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पको विषयमा यो अर्काे विवाद सुरु भएको छ । साथै उहाँले पुस्तक लेखकलाई धोकेबाजको संज्ञा दिएकोले पनि आगामी केही समय राष्ट्रपति ट्रम्प र पुस्तकका लेखकबीच विवादहरु उत्पन्न हुनसक्ने अनुमान गरिएको छ । उहाँले आफ्नो निर्वाचनका समयमा रूससँग निर्वाचनका विषयमा सम्बन्ध भएको भन्ने आरोप पनि काल्पनिक भएको बताउनुभएको छ । उहाँले आफ्ना कैयौँ ट्विटर सन्देशहरूमा आफू एकजना सक्षम र स्थिर व्यक्ति भएको पनि बताउनुभएको छ ।

माइकल वुल्फद्वारा लिखित ‘फायर एण्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस’ नामको पुस्तक सार्वजनिक गरेका छन् । सो पुस्तक करिब २०० वटा अन्तर्वार्तामा आधारित रहेर तयार गरिएको लेखकले बताएका छन् । सो पुस्तकमा राष्ट्रपति ट्रम्पलाई केटौले पाराको व्यक्ति भनी चित्रण गरिएकोले अमेरिकाका विभिन्न सञ्चारमाध्यमले सो विषयलाई निकै प्रचार गरेका छन् । त्यसैले पनि राष्ट्रपति ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति पदका लागि एकदमै सक्षम व्यक्ति भएकोले नै अमेरिकी नागरिकले आफूलाई चयन गरेको बारम्बारको आफ्नो ट्विटरमार्फत बताउनुभएको छ । रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू