अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

भुटानी राजालाई शरणार्थीको ज्ञापनपत्र

बिआरटीनेपाल २०७४ पुष २३ गते ९:४५ मा प्रकाशित

दमक, स्वदेश फिर्तीको माग गर्दै यहाँस्थित भुटान राष्ट्रिय मेलमिलाप समितिले आज भुटानी राजालाई ज्ञापनपत्र पठाएको छ ।

सन् १९९० देखि शुरुवात भएको दक्षिण भुटानीको समस्याले अब पनि समाधानको मार्ग नखोजे भुटानको अन्तर्राष्ट्रिय क्षेत्रमा अपमान हुने भन्दै स्वदेश फर्कन इच्छुक शरणार्थीलाई देश फर्काउन माग गरिएको समितिका अध्यक्ष कृष्णवीर तामाङले बताउनुभयो ।

समितिले इमेल र हवाई कुरियरको माध्यमबाट राजा जिग्मेकेशर वाङ्चुक र प्रधानमन्त्री छिरिङ तोब्गेलाई ज्ञापनपत्र पठाएको हो । लामो समयदेखि भुटान फर्कन चाहने शरणार्थी भुटानी नागरिक भएकाले अब पनि उनीहरुको समस्या सुनवाइ नगरे नेपालमा भुटानी शरणार्थीको अवस्था तिब्बती शरणार्थीको जस्तै हुने पत्रमा उल्लेख छ ।

भुटानी शरणार्थीलाई पनि पर्यटकको आकर्षण बनाउन खोजिएकाले यसले भुटानलाई नराम्रो असर पार्ने हुँदा भुटान सरकारले तत्काल कदम चाल्नुपर्ने समितिको प्रेषित पत्रमा उल्लेख गरिएको छ । रासस, फोटो: गेटी इमेज 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू