अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

विष्णुभक्त रङ्गकर्मी पुरस्कार कलाकार गर्तौलालाई

बिआरटीनेपाल २०७४ पुष २२ गते १३:३० मा प्रकाशित

यस वर्षको ‘विष्णुभक्त रङ्गकर्मी पुरस्कार’ कलाकार राजेन्द्रकुमार गर्तौलालाई प्रदान गरिएको छ ।

विष्णुभक्त–तारादेवी गुठी संस्थाद्वारा यहाँ आज आयोजित वरिष्ठ रङ्गकर्मी विष्णुभक्त फुयाँलको प्रथम स्मृतिसभामा सो पुरस्कार प्रदान गरिएको हो । त्यसै गरी ‘तारादेवी युवा नारी प्रतिभा छात्रवृत्ति’ विद्यार्थी कविता तामाङलाई प्रदान गरिएको गुठी संस्थाका संरक्षक विमल फुयाँलले जमनकारी दिनुभयो ।

सोही अवसरमा प्रतिनिधिसभाका सांसद कृष्ण राईले कलाकार फुयाँलले कलाकारिता क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । वरिष्ठ रङ्गकर्मी फुयाँलले विभिन्न नाटक, चलचित्र र टोली चलचित्रमा अभिनय गर्नुभएको थियो । नाटकमा अभिनय गर्दागर्दै फुयाँलको २०७३ पुस १९ गते निधन भएको थियो । रासस

प्रतिक्रिया