अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

बडा दशैंको फूलपातीबाट प्रदर्शनमा आउने चलचित्र ‘निर्जला’को सुटिङ सम्पन्न

बिआरटीनेपाल २०७४ पुष २२ गते ६:०३ मा प्रकाशित

नारी प्रधान चलचित्र ‘निर्जला’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । भक्तपुरको घ्याम्पे डाडामा दशैंको गीत खिच्दै फिल्मको इन्डक्ल्याप गरिएको हो ।

दीनेश सुवेदीको शब्दमा बाबुल गिरीको संगीत समावेश दशैं स्पेशल गीतमा सुजता बर्मा र बाबुलले स्वर भरेका छन् । यो गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्माले अभिनय गरेका छन् । पौषको यो कठ्याङ्ग्रीदो जाडोमा दुई दर्जन कोरस राख्दै फिल्मको गीतलाई घ्याम्पे डाडामा भिडियो मार्फत ढालेका हुन् नृत्य निर्देशक कमल राईले ।

राजु गिरीको निर्देशनमा प्रकाश चन्द्र न्यौपाने निर्मित फिल्मको रिलिज मिति समेत तय गरिएको छ । आगामी २०७५ सालको बडा दशैंको फुलपातीको दिन देखि फिल्म रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

शुभेच्छा कै कथा तथा संवाद रहेको फिल्म ‘निर्जला’ टिपिकल नेपाली शैलीमा निर्माण गरिएको बताइएको छ । यस अगाडि निर्देशक राजु र नायिका शुभेच्छाको ग्ल्यामरका नाममा समाजले पचाउनै नसक्ने दृश्य दिएको भन्दै आलोचना भएको थियो । यो फिल्म मार्फत आफूहरुलाई लागेको दाग मेटिनेमा यि दुई विश्वस्त छन् । यस पटक फिल्ममा त्यस्तो कुनै सिन समेत नभएको र परिवार एकसाथ बसेर हेर्न मिल्ने फिल्म बनाएको निर्देशक गिरीको भनाई छ ।

व्यवसायी समेत रहेका प्रकाश चन्द्रले यसै फिल्म मार्फत पहिलो पटक निर्माणमा हात हालेका छन् । उनले फिल्म निर्माणलाई निरन्तरता दिने बताएका छन् । चलचित्रमा किशोर, शुभेच्छा र निक्सको अलवा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारले अभिनय गरेका छन् । सामाजिक कथावस्तुमा आधारित ‘निर्जला’ मा अशोक खड्काको द्धन्द तथा  रवि कोइरालाको छायांकन रहेको छ ।

प्रतिक्रिया