अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

देवी न्यौपानेको पहिलो उपन्यास ‘मन’ सार्वजनिक

बिआरटीनेपाल २०७४ पुष २२ गते ५:५२ मा प्रकाशित

लेखक देवी न्यौपानेको पहिलो उपन्यास ‘मन’ सार्वजनिक भएको छ  । राजधानीमा बिहिबार सञ्चारकर्मीसँगको भेटघाटमा उक्त उपन्यास सार्वजनिक गरिएको हो ।

उपन्यास मनमा बाल विवाहपछि एउटी किशोर आमाले भोग्नु परेको समस्यासँगै उनको सँघर्षलाई मुख्य पात्र भावनाको दृष्टीकोणबाट परिवर्तन गरिएको पनि उपन्यासकार देबीले बताए,‘उपन्यासकी म पात्र भावना पाँचथरको दुर्गम गाउँबाट उच्च शिक्षाका लागि काठमाडौं आएपछि उनको सँघर्ष र सफलताको कथामा यो उपन्यास केन्द्रित छ । उनले साधारण गाउँले युवतीबाट नायिकासम्म बन्दाको कथासँगै आफ्ना जीवनसँग जोडिएका अरु पात्रको कथा व्याथा पनि मुख्य पात्र भावनाले मनमा बाचन गरेकी छिन् ।’ देवीले भने ।

उपन्यासमा दुई दशकको काल खण्ड, यो अबधिमा मुलुकको राजनीतिक, आर्थिक, शैक्षिक परिवर्तन र त्यसले समाजमा पारेको प्रत्यक्ष प्रभावको सेरोफेरोमा उपन्यासको कथा केन्द्रित रहेको पनि देबीले जानकारी गराए । अहिलेको शहरीया समाजमा विवाह अघि युवा युवतीसँग बस्ने ‘लिभिङ टुगेदर’ प्रचलन र यसले निम्त्याएका बिसँगतिको कथा पनि उपन्यासले भन्ने उनले बताए । सौगात बुक्स प्रकाशनले बजारमा ल्याएको यो उपन्यासको मूल्य तीन सय रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू