अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

कृति समिक्षा: ‘गौतम बुद्धको शहर’ भित्रका गहिराई

बिआरटीनेपाल २०७४ पुष २१ गते २:५८ मा प्रकाशित

उपन्यास विश्वमै सबैभन्दा बढी मन पराइने साहित्यक विधा हो । नेपालमा पनि उपन्यास नै बढी पढने गरेको पाइन्छ । यो विद्या साहित्यका अन्य विधा भन्दा लोकप्रिय छ । त्यसैले वजारमा थुपै उपन्यासहरु आइरहेका छन । यसै क्रममा “गौतम बुद्धको शहर” उपन्यास लिएर आएका छन् उपन्यासकार राजेश्वर घिमिरे । बजारमा रहेको यो उपन्यासप्रति पाठकहरुको आकर्षण दिन प्रतिदिन बढिरहेको छ ।

सामाजिक यर्थाथवादी तथा राष्ट्रबादी आधारमा लेखिएको यो उपन्यास सरल छ । सबैले वुझन सक्ने भाषा शैलीले सुसज्जित छ । सरल भाषा शैली, गहन विषय वस्तुको कारण यो उपन्यास पठनीय छ । पढन थालेपछि नसकिएसम्म होइन छोड्न मननलाग्ने कथानक अनि शैलीले गर्दा यो उपन्यासप्रति पाठकको राम्रो आकर्षण रहनेछ । एकै वसाईमा पढन सकिने यो उपन्यासले हाम्रो मुलुकको गाउँ, समाजमा विद्यमान वैदेशिक रोजगारको समस्यालाई उजागर गरेको छ । हाम्रो देशको युवा शक्ति विदेशप्रति आकर्षित भइरहेको देखिन्छ । दैनिक हजारौ विदेश पलायन भइरहेका छन् । समान्य पढे लेखेका युवा पुस्ता देखि उच्च शिक्षा हासिल गरेका दक्ष, जो यो देशलाई अति आवश्यक युवा, शक्ति पनि विदेश पलायन भइरहेका छन । कयौले पराई देशमा धेरै दुःख हण्डर खाइरहेका छन । अकाल मृत्युको शिकार भइरहेका छन् । अंगभंग भइरहेका छन् ।

हो यस्तै विदेश पलायन भइरहेका युवाहरुलाइ आफ्नो माटोमा, आफ्नै मुलुकर्मा उपन्यासकारले यो उपन्यास मार्फत अनुरोध गरेका छन् । आफ्नै देशमा केही गर्नु पर्छ, पराई देशमा होइन । आफ्नै माटोमा पसिना चुहाउन पर्छ, यहाँ नै प्रसस्त आम्दानी गर्न सकिन्छ भन्ने सन्देश पनि यो उपन्यासले दिएको छ । यो उपन्यासको मुख्य पात्र गौतम मार्फत उपन्यासकारले यो सन्देश प्रवाह गर्ने प्रयास गरेका छन् । अमेरिका पुगेका गौतम नेपालमै केही गर्नु पर्छ, नेपालमै प्रसस्त सम्भावनाहरु छन् भनेर फर्केका कथाले यो पुष्टि गरेको छ । गौतम फर्केपछि उसका साथीहरु बुद्ध, रक्षा, श्याम, सुवोध पनि स्वदेश फर्कन्छन् । यी पात्रहरु फर्के झै हामी युवाहरुलाई पनि यसरी नै आफ्नो धर्तीमा फर्कन यो उपन्यास मार्फत अनुरोध गरिएको छ ।

त्यस्तै यो उपन्यासले नेपालको वर्तमान राजनीतिक अवस्थाको पनि गहिरो चित्रण गरेको छ । यस उपन्यासको मुख्य पात्र अथवा नायकको प्रेमिका माया देशको राजनीतीक अस्थिरता, वन्द, हडताल,को कारण नेपालमा केही गर्ने वातावरण नभएकोले स्वदेश फर्कन नचाहेको प्रसँगले पनि नेपालको वर्तमान राजनीतिक अवस्थालाई ब्यङगय गरेको छ । विदेशमा रहेका नेपालीहरु देशको राजनीतीक अवस्थापप्रति निकै असन्तुष्ट छन भन्ने पक्षमा पनि उपन्यासले चित्रण गरेको छ । राजनीतिक स्थिरता ले निम्त्याएका वन्द, हडताल सधैको लागि समाप्त गरी सहजरुपमा काम गर्ने वातावरण वनाउन लेखकले राजनीतिज्ञ तथा शासकहरुलाई सचेत गराएका छन् ।

यस्तै यो उपन्यासमा प्रेम प्रसँगलाई पनि आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ । प्रेममा समर्पण हुन्छ प्रेमकै लागि मानिसहरुले कस्ता–कस्ता खुसी, सुख, सयल पनि छोडछन् भन्ने उदाहरण यस उपन्यासको मुख्य पात्र अर्थात यो उपन्यासको नायिका माया मार्फत प्रस्तुत गरिएको छ । गौतमको प्रेमिका माया गौतमको प्रेम प्राप्तिकै लागि नै अमेरिकाको सुख, सयल त्यागी नेपाल फर्केकी छिन् । नेपालमै गौतम र मायाको विवाह हुन्छ । यस उपन्यासमा माया, प्रेम, प्रेमको तडप, प्रेमको शक्तिलाई पनि यर्थाथरुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

त्यसकारण यो उपन्यासलाई प्रेममय उपन्यास भन्दा पनि फरक नपर्ला । किनकी उपन्यासमा धेरै प्रसँगहरु प्रेममय छन । प्रेममै केन्दि«त भएका छन । के प्रेमी –प्रेमिकाको प्रेम होस, के राष्ट्र प्रेम होस, के त साथी–साथी वीचको प्रेम होस यी सबै प्रेममै केन्दि«त भएर यो उपन्यास सृजना गरिएको छ । साथी–साथी वीचको माया, प्रेमलाई पनि लेखकले मन छुने किसिमले आकर्षक ढंगबाट प्रस्तुत गरेका छन । प्राथमिक तहदेखि मास्टर लेवलसम्म सँगै पढेका साथीहरु कोही अमेरिका, कोही अष्ट्रेलिया, कोही क्यानडा तथा अन्य मुलुक पुग्दछन् । सधै मिलेर वसेका, पढेका साथीहरु छुट्टा–छुट्टै मुलुक पुगेपछि भएको तडप, भेटन् आतुर पछि अमेरिकामै सबैको भेट तथा साथले साथी–साथी वीचको मायालाई पनि लेखकले राम्रोसँग चित्रण गर्न सफल भएका छन ।

वरु छाक छाडनु तर साथीको साथ नछोडनु भन्ने नेपाली प्रचलनलाई यो उपन्यासले प्रष्ट पारेको छ । गौतम तथा गौतमका सबै साथीहरु स्वदेश फर्केर, सबै मिलेर कपिलबस्तुमा व्यवसाय गर्नु,सफलता प्राप्त गर्नुले साथी–साथीको प्रेम, साथलाई राम्रो सँग चित्रण गरेको प्रष्ट हुन्छ । यी पात्रहरुले राजनीतिक अस्थिरता, बन्द हडताल चन्दा आतंकबीच गरिएको व्यवसायबाट प्राप्त सफलताले नेपालमै काम गरे राम्रो सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । अन्त्यमा सबै साथीहरुको प्रेमी–प्रेमिकाको मेलमिलाप अनि व्यवसायिक सफलता, जस्ता प्रसंगले गर्दा यो उपन्यास संयोगान्तक, सुखान्तक उपन्यास हो भन्न सकिन्छ । तर उपन्यास पुरा नपढेसम्म र वीच–वीचमा गौतम, माया जस्ता मुख्य पात्रहरुको बियोगले कतै यो उपन्यासको अन्त्य वियोगात्मक हुने त होइन भन्ने भान पनि पाठकहरुलाई हुन्छ । वीच–वीचमा आएका घटनाक्रमले पाठकलाई कौतुहलता प्रदान गरेका हुन्छ । अब के हुने हो, कसरी कथानक अघि बढछ भन्ने कौतुहलता प्रदान गर्नु पनि लेखको सफल पक्ष हो ।

लेखकको यस्तै सफल पक्षकाबीच केही कमजोरीहरु पनि छन् । भाषा शैली साहित्यक भन्दा पनि साधारण छ । यसले सामान्य पाठकलाई आर्कषित गरे पनि बौद्धिक, साहित्यिक पाठकलाई भन्ने कम आर्कषण गर्न सक्छ । त्यसकारण यसतर्फ अलि सचेत हुँदा राम्रो हुन्छ ।
साज सज्जाको दृष्टिले पनि यो उपन्यास मध्यम छ । उपन्यासको कभर त्यति आकर्षक देखिदैन । सृजनात्मक छैन । उपन्यासको कभरले पाठकको ध्यान, मन त्यति तान्न सके जस्तो लाग्दैन । कभर सृजनात्मक भन्दा पनि कुनै ठाँउ, देशको फोटोहरु ल्याएर छापे जस्तो देखिन्छ । त्यति कलात्मक देखिदैन । त्यसैले वाहिरी कभरप्रति लेखक, प्रकाशकले विशेष ध्यान पु¥याउनै पर्छ, किनकी कृतिको कभर भनेको कृतिको चेहेरा हो । आकर्षक चेहेराप्रति सबेको आकर्षण हुन्छ । यसलाई सबैले वुझ्नै पर्छ ।

त्यसैगरी उपन्यासको नामको दृष्ट्रिले विश्लेषण गर्दा “गौतम बुद्धको शहर” भन्दा अन्य कुनै नाम राखेको भए अझै सुनमा सुगन्ध हुने थियो । कृतिको नाम छनौट गर्दा पनि अलि विशेष ध्यान नपुगे झै लाग्छ । आगामी कृतिहरुमा भने विशेष ध्यान दिनै पर्ने देखिन्छ ।

यस्ता सामान्य कमजोरी भए पनि विषयवस्तुको छनौट, भाषा, शैली, नि पानी झै सलल वग्ने कथानकका दृष्टिले उपन्यासकार सफल छन्, । राष्ट्र प्रेम, प्रेमी–प्रेमिकाको प्रेम, साथी–साथीबीचको प्रेम प्रसंगलाई आकर्षक तथा कलात्मक रुपमा प्रस्तुत गर्नु, कुनै छाडापन नहुनु यर्थाथपन हुन जस्ता सवल पक्षले सामान्य कमी–कमजोरीलाई छायामा पारेको छ । जे जस्तो भए पनि नेपाली साहित्यको एउटा विधा, उपन्यासमा एउटा राम्रो उपन्यास आएको छ । यसले पाठक तथा समालोचकको राम्रो साथ, माया पाउने छ । यो उपन्यास मात्र होइन उपन्यासकारको भविष्य पनि उज्वल छ । यो उपन्यासको सफलताले लेखकलाई अझै थप हौसला मिली अझै राम्रो कृति सृजना हुने छ ।

स्तरीय सृजनाहरु नेपाली साहित्यले पाउने छ । नेपाली पाठकले उपन्यासकार घिमिरेबाट सृजित राम्रो, स्तरिय, कलात्मक उपन्यासहरु पढन पाउने छन । उनको नाम, मुलुक भित्र होइन अन्तराष्ट्रिय वजारमा पनि छाउनेछ भन्ने विश्वास गरिएको छ । तर अति मेहेनत र साधना भने गर्नु पर्नेछ । राष्ट्रिय, अन्तराष्ट्रिय विभिन्न विषयहरुमा अध्ययन, रिर्सच भने हुनै पर्छ । यसतर्फ पनि लेखकले ध्यान दिने नै छन भन्ने अपेक्षा आम पाठकले गरेका छन् ।

उपन्यास–गौतम वुद्धको शहर
लेखक– राजेश्वर घिमिरे, सम्पर्कः ९८१८०१४६१०
प्रकाशक– रमिला घिमिरे
मुदण– विश्व स्वतन्त्र सञ्चार, नयाँ बानेश्वर, काठमाडौं, सम्पर्कः ९८५१०३०९७२
मूल्य– नेपाली रु १५०÷–
विदेशमा– १०|- यु.एस डलर

प्रतिक्रिया