अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

मिसेज ब्युटी क्वीन बनिन् सुदीक्षा

बिआरटीनेपाल २०७४ पुष २० गते १४:२६ मा प्रकाशित


महिलाहरूको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मि इन मिसेज ब्युटी क्वीन नेपाल’ प्रतियोगितामा काठमाडौँ बूढानीलकण्ठकी सुदीक्षा आचार्य (भट्टराई) पहिलो हुनुभएको छ ।

सिजन मिडियाले आज यहाँ आयोजना गरेको लेट मि इन मिसेज ब्युटी क्वीन नेपालमा सुदीक्षाले पहिलो स्थान हात पारेसँगै उहाँले टिभिएस स्कुटर, रु एक लाख ५० हजार बराबरको उपहार, लाभा मोबाइल सेट र चार दिनको लागि मलेसिया भ्रमणको अवसर पाउनुहुनेछ ।

त्यसै गरी, दोस्रो हुनुभएका जनकपुरकी दिपीका राईले रु एक लाख बराबरको उपहार, चार दिनको मलेसिया भ्रमण तथा लाभा मोबाइल प्राप्त गर्नुभएको छ भने तेस्रो हुने विष्णु माया पौडेलले पनि चार दिनको मलेसिया भ्रमण, रु २० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गर्नुभएको छ ।

दश वर्षदेखि निरन्तर रूपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको यस संस्थाले यस पटक २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको कार्यक्रम आयोजना गरेको थियो । प्रतियोगितामा देशभरिबाट २६ प्रतियोगी सहभागी भएका थिए ।

सो अवसरमा आयोजक संस्थाका प्रमुख प्रदीपराज वन्तले महिलाहरूको क्षमता विकासको लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस कार्यक्रमको छनोट समितिमा राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सुर्यचन्द्र बस्नेत, सौन्दर्यकर्मी कल्पना श्रेष्ठ तथा नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक नवीनमान श्रेष्ठलगायत रहनुभएको थियो । (रासस) तस्बिर: प्रदीपराज वन्त,रासस

प्रतिक्रिया