अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

‘आइपिओ’को विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त (प्रेश विज्ञप्ती)

बिआरटीनेपाल २०७४ पुष २० गते ८:५३ मा प्रकाशित

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड
प्रेस विज्ञप्ती

यूनियन लाइफ इन्स्योरेन्सको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

 

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रति शेयर अंकित मूल्य रु.१००\– (अक्षरेपी एक सय रुपैयाँ मात्र) दरका ६४,५०,००० कित्ता शेयर बराबर रु. ६४,५०,००,०००\– (अक्षरेपी चौसट्ठी करोड पचास लाख रुपैयाँ मात्र) साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

यूनियन लाइफ इन्स्योरेन्सको बानेश्वर स्थित रजिष्ट्रर्ड कार्यालयमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रवन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री रमेश घिमिरे र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार लाल कर्णले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

विगत एक वर्षदेखि मर्चेण्ट बैकिङ्ग व्यवसाय गर्दै आएको नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

……………..
कम्पनी सचिव

प्रतिक्रिया