अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

श्वेता खड्काको चलचित्र ‘कान्छि’को दोस्रो गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ पुष २० गते ६:२० मा प्रकाशित

श्वेता खड्का अभिनित ‘कान्छि’ चलचित्रको दोस्रो गीत सार्वजनिक गरिएको छ । पहिलो ‘चरी चट्ट परी’ बोलको गीत दर्शकमाझ निकै लोकप्रिय बनेसँगै बिहिबार ‘यो जिउ दाउमा लाउने’ बोलको गीत सार्वजनिक गरिएको हो । पहिलो गीतले युट्युवमा ७५ लाख बढी भ्यू पाइसकेको छ । संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र धर्मेन्द्र सेवानको स्वर रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिचरिङ छन् ।

सार्वजनिक गीतको बारेमा सञ्चारकर्मिलाई जानकारी दिन आयोजना गरिएको कार्यक्रममा नायिका श्वेता खड्काले पहिलो गीत जस्तै दोस्रो गीतलाई पनि दर्शक तथा स्रोताले माया गरिदिने विश्वास लिएको बताइन् । साथै संगीतकार अर्जुन पोखरेलले पनि आफ्नो संगीतलाई दर्शकले मन पराउनेमा ढुक्क रहेको बताए ।

मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् । यो फिल्ममा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

आकाश अधिकारीले निर्देशन गरेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । ‘कोहिनूर’पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् । चलचित्र आउँदो फागुन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउदैछ ।

प्रतिक्रिया